काठमाडौ १८ असोज । खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल रिगलले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या भएको थियो । सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले सरकारको आलोचना गरिरहेका छन्
। यस्तै, चेतनकी श्रीमती भारती मानन्धरले रिगललाई आममाफी दिने निर्णय फिर्ता गर्न माग गर्दै अनशन थालेकी छन ।न्यायका लागि नेपालगञ्जबाट काठमाण्डौ आएकी भारतीले माइतीघरमा हिजोदेखि रिले अनसन थालेकी हुन । उनले न्याय नपाएसम्म घर नफर्किने बताएकी छन । हत्यामा संलग्नलाई फेरि जेल चलान गर्नुपर्ने उनको माग छ । हिजो सर्वोच्च अदालतमा तारेख बुझ्न गएका बेला उनी सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगेर उपचार गरिएको थियो ।
रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखेर गएको आइतवार भारतीले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । यो रिटमा आज सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर, संविधान दिवसको अवसरमा गएको ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि रिगल कैद मुक्त भएका थिए ।







प्रतिक्रिया दिनुहोस्