ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस साँच्चै थोत्रो भएछ, ३२ सिटको पछाडि कुदेको कुद्‍यै छ, ओलीको कटाक्ष :


एबीसी न्यूज
१८ आश्विन २०८०, बिहिबार   ३ : १५   बजे

काठमाडौं, १८ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसलाई थोत्रे पार्टीको संज्ञा दिएका छन्।

जनमत पार्टीका नेता शिवचन्द्र कुशवाहसहितलाई बिहीबार पार्टी प्रवेश गराउने क्रममा उनले यस्तो बताएका हुन्।

‘कांग्रेस साँच्चै थोत्रो भयो, साँच्चै पुरानो भयो, आफैं केही पनि गर्न नसक्ने अवस्थामा पुग्यो। केही गर्न नसकेकै कारण ८७ सिट बोकेको कांग्रेस ३२ सिट माओवादी केन्द्र को पछाडि लागेको छ’, उनले भने, ‘कांग्रेस अहिले निरीह भएको छ। कांग्रेस कामै नलाग्ने भएको छ।’

बुधबार मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबिना सत्ता चल्नै नसक्ने बताएको प्रसंगलाई कोट्याउँदै ‌ओलीले उनको नियति नै त्यही भएको टिप्पणी गरे।

‘माधव नेपालले कांग्रेसबिना चल्नै सकिँदैन भन्नु त ठीक हो। जेसुकै गल्ती गरे पनि कांग्रेसबिनाको सरकार सोच्न सकिँदैन, हामी कांग्रेसका पछि लाग्छौँ, हामी कांग्रेसकै सहारामा बाँचेका छौँ भन्नु ठीकै होला’, उनले भने, ‘माधव नेपालालई त त्यसो भन्न सुहाउँछ। किन भने १० वटा सिट हुनेले ८७ सिटको पछि लाग्नु कुनै अनौठो होइन।’

तर ८७ सिट बोकेको कांग्रेस ३२ सिटको पछाडि लागेर केही गर्नै नसक्ने अवस्थमा पुगेको ओलीले दोहोर्‍याए। ‘कांग्रेस चाहिँ ३२ सिटका पछाडि लागेको छ। ३२ सिटेले राम्रो काम केही पनि गरेको छैन’, उनले भने, ‘नराम्रोबाहेक केही गर्न सकेन। माओवादीका नेता कार्यकर्ताहरूसँग मेरो भेट हुन्छ, उनीहरू बहुतै पीडा पोख्छन्।’

उनले अहिले माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातागोताले रजाइँ गरेको बताए।

‘अहिले माओवादीमा ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’, जस्तै भएको छ। माओवादी कार्यकर्ताले सरकार बनाए, तर बाटो एउटाले बनायो, मोटर अर्कैले कुदायो’, उनले भने, ‘अहिले छोरी, ज्वाइँ, भाइ, भतिजा, भाञ्जा सबै सप्रिएका छन्।

तर तमाम माओवादी कार्यकर्ता तड्पिएका छन्। तिनको योगदान र बलिदान सम्झिन पनि फुर्सद छैन सत्तासिनहरुलाई। यिनीहरुसँग कुनै नीति छैन देश बनाउने।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu