ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइ पुष्टि गर्नुपर्‍यो : लिङदेन


एबीसी न्यूज
१९ आश्विन २०८०, शुक्रबार   १२ : ४६   बजे

काठमाडौं, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाइप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीले लोकतन्त्रविरोधी के गतिविधि गरे रु भन्दै प्रश्न गरे ।

पूर्वराजा ज्ञानेन्द्र र राजावादीले लोकतन्त्रविरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नुपर्ने अरू सांसदको अभिव्यक्तिप्रति उनले आक्रोश व्यक्त गरे ।

सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नलाई जेलबाट छोड्नेलगायत कार्य लोकतान्त्रिक हो रु भन्दै उनले सरकार र सत्तासाझेदार दलका नेतालाई प्रश्न समेत गरे ।

“केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन्, त्यसको निगरानी गर्नुपर्‍यो, राजा ज्ञानेन्द्र पनि लोकतन्त्रविरोधी गतिविधिमा संलग्न भएका छन्, उनको गतिविधिमा ध्यान दिनुपर्‍यो भनेर आग्रह गरे, अनुरोध गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ रु र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ,

जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ रु र, लोकतन्त्रविरोधी भएको छ रु म त्यसको जानकारी लिन चाहन्छु,” उनले भने, “र, त्यसको बारेमा प्रस्ट पार्न म ती वक्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु ।

जघन्य अपराधका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो रु म सोध्न चाहन्छु ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu