ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ प्रदेश मध्ये एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत, अध्यक्ष बने प्रेम पराजुली


ABC NEWS
२१ आश्विन २०८०, आइतबार   ८ : ४९   बजे

काठमाडौं २१ असोज । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन्। आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्।

१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो।
एमालेका भुगोल ७, उपत्यका विशेष १, प्रवास १ गरी ९ वटा प्रदेश स्तरीय कमिटि रहेका छन् । भूगोलमा अहिलेसम्म ससम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनोट भएको छ । अझ रोचक कुरा ६ वटा मध्ये असली ओली पक्षीय अध्यक्ष बागमतीका कैलश ढुंगेल मात्र हुन् । कोशीका अध्यक्ष घनश्याम खतिवडा संस्थापन पक्षीय भनेपनि उनी विद्या भण्डारी निकट रहेका छन् । त्यहांका असली ओली निकटक उमेद्ववार त विनोद ढकाल नै थिए । उनी पराजित भए । लुम्विनीमा राधाकृष्ण कंडेल, गण्डकीमा नवराज शर्मा, कर्णालीमा गुलावजंग शाह संस्थापन इतर पक्षीय नेताहरु अध्यक्ष बन्न सफल भएका छन्। अब बांकी मधेश र सुदुर पश्चिम प्रदेश रहेका छन् ।

उपन्त्यका विशेष कमिटिमा अध्यक्षमा सर्वसम्मत भएर दोहोरिएका पराजुली कर्मचारी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। २०३५–०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा तत्कालीन माले निकट अनेरास्ववियूमा आबद्ध भएका थिए। त्यतिबेला उनी अनेरास्ववियूको संखुवासभा जिल्ला कमिटीका सदस्य थिए।

अध्ययनका लागि काठमाडौं आएपछि २०३९ सालमा शंकरदेव क्याम्पसमा ुक्याम्पस युग लिगुमा आबद्ध भएका थिए।

२०४० सालदेखि निजामती सेवामा प्रवेश गरेका उनले पार्टीसँग सम्पर्क छाडेका थिएनन्। छद्म नाम प्रयोग गरेर पार्टी काममा सक्रिय थिए।

‘२०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा झलनाथ खनाल कृषि मन्त्री हुनुहुन्थ्यो। त्यतिबेला उहाँको निजी सचिवालयमा रहेर काम गरेँ। २०५१ सालमा एमालेले अल्मतको सरकारको नेतृत्व गरेका बेला भरतमोहन अधिकारी अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँको सचिवालयमा रहेर पनि काम गरे। सुरेन्द्र पाण्डे, विष्णु पौडेल अर्थमन्त्री भएका बेला पनि उहाँहरूको निजी सचिवालयमा रहेर काम गरेको थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘एमाले सरकारमा हुँदा नेतृत्वको वरिपरि नै रहेर काम गरें।’

उनी अर्थमन्त्रालयको अधिकृतबाट सेवा निवृत्त भएका हुन्। एमालेको पेशागत महासंघ, नेपाल (कोनेप) अध्यक्ष थिए। उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्ष थिए।

उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन्। सचिव मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ।

एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन्। उपत्यका विशेष प्रदेश कमिटीमा युवा विद्यार्थी, मजदुर, पेशागत र उद्योगी व्यवसायी गरी चारवटा जिल्ला र तिनीहरूका इलाका कमिटी रहेका छन्।

अहिलेसम्म एमालेका ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेका छन्। सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group