ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले सुदूरपश्चिम अधिवेशन : अध्यक्षमा तीनजनाको दाबेदारी


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   १ : १७   बजे

काठमाडौं, २१ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्वका निम्ति तीन दाबेदार देखिएका छन् । तीन नेताले मुख्य पदको आकांक्षा व्यक्त गरेका हुन् ।

अध्यक्षका लागि कृष्णप्रसाद जैसी, कमल तिमिल्सिना र बचनबहादुर सिंहको दाबेदारी छ । जैसी एमाले सुदूरपश्चिम कमिटी सचिवालय सदस्य हुन् । गएको प्रदेशसभा सदस्य निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर–१ ‘ख’ बाट उमेदवार बनेका थिए । पराजित भए ।

प्रदेश कमिटीका बहालवाला उपाध्यक्ष तिमिल्सिनाले आफू अध्यक्षको उमेदवार रहेको बताए । पार्टी नेतृत्वसँग छलफल गरेरै उमेदवारी घोषणा गरेको उनको भनाइ छ ।

“म लामो समयदेखि पार्टीको विभिन्न तहमा रहेर काम गरेको छु, प्रथम अधिवेशनबाट नेतृत्वका लागि दाबेदारी छ,” उनले बाह्रखरीसित भने, “नेतृत्वको सल्लाहमा नै अघि बढेको हुँ ।”

अर्का दाबेदार राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष सिंहले पत्रकार सम्मेलनमार्फत उमेदवारी घोषणा गरेका हुन् । गएको निर्वाचनमा उनी कञ्चनपुर क्षेत्र नम्बर–२ ‘क’बाट उमेदवार बनेका थिए । चुनाव जित्न सकेनन् ।

उनी सहमतिमा नेतृत्व चयन होस् भन्ने पक्षमा देखिन्छन् । उनले पनि पार्टी नेतृत्वसँगै छलफल गरेरै अघि बढेको बताए ।

सहमतिको प्रयास
आइतबार अधिवेशनको उद्घाटनका निम्ति पार्टी अध्यक्ष केपी शर्मा ओली धनगढी पुगिसकेका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित १५५ सदस्यीय प्रदेश कमिटी चुनिनेछ । अधिवेशनमा ६६१ प्रतिनिधि छन् ।

अध्यक्षमा तीन आकांक्षी देखिएपछि नेताहरू सहमतिको प्रयासमा जुटेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापाले सहमतिको प्रयास भइरहेको बताए ।

“सर्वसम्मत नेतृत्व चयनका लागि हामीले प्रयास गरिरहेका छौँ,” उनले भने ।

थापाले जैसीका नाममा सहमतिका लागि ‘लबिइङ’ गरिरहेका स्रोतको जिकिर छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group