ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओएसआर डिजिटलका सञ्चालक, अग्रवाल पक्राउ:


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   १ : ३८   बजे

काठमाडौं, २१ असोज । ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल पक्राउ परेका छन् । आइतबार उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएको हो ।

चलचित्र ‘प्रसाद २’ का निर्माता सुवास बस्नेतले आफ्नो अनुमतिबिना अग्रवालले फिल्म बाहिर प्रदर्शन गराएको भन्दै उजुरी दिएका थिए । उजुरीपछि उनी पक्राउ परेका हुन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जानकारी   गराएकोछ ।

भएको के हो ?

२०७६ चैत ९ गते फिल्म ‘प्रसाद २’ तत्कालीन निर्माण कम्पनी सुभाष थापा प्रोडक्सन प्रालिका सुभाष थापा र ओसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालिका अध्यक्ष ओमप्रकाश अग्रवालबीच डिजिटल राइट्ससम्बन्धी एक करार सम्झौता भएको थियो ।

जसअनुसार फिल्मको हल प्रदर्शन र च्यारिटी शोबाहेको सम्पूर्ण डिजिटल र अन्य प्रविधिबाट हुने प्रदर्शन अधिकार ओएसआरको हुने र डिजिटल राइट्स खरिद गरेबापत अग्रवालले थापालाई भ्याटसहित एकमुष्ट ३२ लाख ५० हजार रुपैयाँ दिने सम्झौता भएको थियो । सम्झौताअनुसार अग्रवालले सुभाष थापा प्रोडक्सनलाई करार बमोजिमको रकम भुक्तानी गरिरहेकै थिए ।

पछि केशव पाण्डे निर्माताको रुपमा फिल्ममा भित्रिए । छायांकनमा जानुअघि विवाद भएपछि पाण्डेले फिल्म छाडेपछि थापाले सुदर्शन बस्नेतलाई नयाँ निर्माताको रुपमा भित्र्याए ।

बस्नेत फिल्ममा जोडिएपछि पुरानो हिसाब खोज्ने क्रममा सुभाष थापा र बस्नेतवीच विवाद बढ्यो । करार बमोजिम रकम तिरेका अग्रवालले प्रसाद(२ को प्रोमो युट्युबमा रिलिज गरेपछि नयाँ निर्माताले अग्रवालविरुद्ध जाहेरी दिएर पक्राउ गराएका हुन् ।

अग्रवालले आफूले सुभाष थापा प्रोडक्सनसँग सम्झौता गरेको र सम्झौता बमोजिम रकम भुक्तानी गरेको हुँदा फिल्मको डिजिटल राइट्सको हकदार आफू हुने कुरामा दुईमत नभएको बताउँछन् । कम्पनीसँग गरेको करारको जिम्मेवारी नयाँ आएका पार्टनरको पनि हुने र पार्टनरबीच भएको विवादमा तेस्रो पक्षलाई मुछ्दा आफू पीडित भएको अग्रवालले बताएका छन् । ओएसआरसँग सम्झौता गरेका सुभाष थापा यतिबेला भागेर विदेश पुगिसकेका छन् ।

नेपाली फिल्मको डिजिटल राइट्स खरिदमा ओएसआर डिजिटल अग्रणी मानिन्छ । फिल्म निर्माताहरुले सुटिङ सुरु नहुँदै डिजिटल राइट्स बेचेर अग्रिम रकम असुल्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group