ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षामन्त्री: शिक्षकसँगको सहमति अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म सम्बोधन हुन्छ


एबीसी न्यूज
२१ आश्विन २०८०, आइतबार   ३ : ५५   बजे

काठमाडौं, २१ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक आन्दोलनको क्रममा शिक्षकहरूसँग भएको सहमति अर्थतन्त्रले धान्ने र संविधानले मान्ने हदसम्म मात्र सम्बोधन हुने बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

“माननीयज्यूहरुले शिक्षकहरुको सहमतिको विषय यहाँ कसरी सम्बोधन हुन्छ भनेर उठाउनुभयो,” उनले भने, “उपयुक्त र जायज मागहरु जसले शिक्षालाई मद्दत गर्छ, शिक्षकहरूलाई सुयोग्य बनाउन सम्मानीत बनाउन र सही ढंगले क्रियाशील बनाउन मागमा हामी सकारात्मक रहन्छौँ । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर शिक्षकहरुको सबै कुरा मान्छौँ । त्यसमा हामी प्रतिवद्ध रहेका छौँ ।”

मन्त्री राईले विधेयक बनाउने र दर्ता गराउने विषयमा सरोकारवालासँगको छलफलमा कहीँ कतै खाली ठाउँ देखा परेको स्वीकार गरे ।

“हामीले पनि पूर्वछलफल र तयारी गर्न बाँकी थियो । महासंघको नेताहरु असन्तुष्ट हुनुहुन्थ्यो, आन्दोलन भयो, आन्दोलन फिर्ता भयो । फेरि राहत शिक्षकहरुको आन्दोलन भयो । यसमा ज्ञाप भयो । सबैले बुझ्नुपर्छ,” उनले भने ।

उनले विधेयक पास भए ‘बेस्ट एन्ड ब्राइट’ शिक्षक आउने जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu