ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड, ओली र माधवले जुठोका कारण टीका लगाएनन्


ABC NEWS
७ कार्तिक २०८०, मंगलबार   ४ : ०७   बजे

काठमाडौं ७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित कतिपय शीर्ष नेताले भने विजयादशमीको टीका लगाएनन् ।

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयका अनुसार तीन महिनाअघि पत्नी सीता दाहालको निधन भएका कारण यस पटक प्रधानमन्त्रीको परिवारमा दसैँ छैन ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द अचार्यका अनुसार प्रधानमन्त्री प्रचण्डले यसपटक पारिवारिक भेटघाटमात्र गर्नेछन् ।

उनले भने, ‘यसअघिका वर्षमा पनि प्रधानमन्त्री प्रचण्डले सामान्य रूपमा पार्टीको कामको सिलसिलामा जहाँ हुनुहुन्थ्यो, त्यतै दसैँ मनाउने गर्नुहुन्थ्यो । टीका पनि लगाउने गर्नु हुन्न थियो । यस पटक त झन् शोकमै भएकाले हुने कुरै भएन ।’

प्रचण्डले गत वर्ष आफूले टीका नलगाएपनि परिवारका सदस्यलाई लगाइदिएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसपाली विजयादशमीको टीका लगाएका छैनन्। ठूलीआमाको यसैवर्ष निधन भएकाले ओलीको परिवारमा टीकाटालो नलगाएको सचिवालयले जनाएको छ । आफूले टीका नलगाएपछि उनले कार्यकर्तालाई पनि टीका लगाउने छैनन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि यस वर्ष टीका लगाएका छैनन् । सात महिनाअघि नेता नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएका कारण नेपालले यस पटक टीका नलगाएका हुन् ।

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले भने, ‘उहाँ फूलपातीको दिन रौतहट जानुभएको छ । उहाँको कान्छो भाइको निधन सात महिनाअघि मात्रै भएकाले उहाँको टीका लगाउने कार्यक्रम छैन । ’

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिवारमै टीकाटालो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group