ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पश्चिम नेपालमा एक वर्षमा चार मझौला भूकम्प, जाजरकोटमा ३११ परकम्प


एबीसी न्यूज
१९ कार्तिक २०८०, आइतबार   १ : १९   बजे

काठमाडौं, १९ कात्तिक । गएको शुक्रबारको भूकम्पपछि जाजरकोटमा निरन्तर परकम्प मापन गरिएको छ । आइतबार बिहान १० बजेर ३५ मिनेटसम्म जाजरकोटमा ३११ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको सुर्खेतस्थित कार्यालयले जानकारी गराएको छ ।

यीमध्ये चार म्याग्निच्युडदेखि माथिका ६ परकम्प मापन गरिएको सो कार्यालयका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

चार म्याग्निच्युडदेखि माथिका ६ परकम्पमध्ये ‘ठूलो’ शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४।६ म्याग्निच्युडको धक्का रहेको उनले बताए ।

केन्द्रका अनुसार ६।४ म्याग्निच्युडको भूकम्पपछि शुक्रबारै राति १२ बजेर ८ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४।५, सोही राति १२ बजेर २९ मिनेटमा जाजरकोटमै ४।२, शुक्रबारै राति १२ बजेर ३५ मिनेटमा जाजरकोटमै ४।३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।

यस्तै, जाजरकोटमै शनिबार बिहान ४ बजेर १६ मिनेटमा ४।६ र शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४।२ र आइतबार बिहान १ बजेर २२ मिनेटमा जाजरकोटमै ४ म्याग्निच्युड परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मुख्य भूकम्पपछि सो क्षेत्रका सबै धक्का परकम्प हुन् ।

भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख तामाङका अनुसार पछिल्लो एक वर्षमा पश्चिम नेपालमा चार ‘मझौला भूकम्प’ गएको छ । ६ देखि ७ म्याग्निच्युडसम्मका धक्कालाई मझौला भूकम्प भनिने उनले बताए । ७ देखि ८ भन्दा मुनिलाई ठूला र ८ म्याग्निच्युडदेखि माथिका धक्कालाई महाभूकम्प भनिने उनले जानकारी दिए ।

गत वर्ष कात्तिक २२ गते डोटी केन्द्रविन्दु भएको ६।६ म्याग्निच्युडसहित एक वर्षको अवधिमा पश्चिम नेपालमा चार मझौला भूकम्प गएको उनले बताए । तिनका थुप्रै परकम्प मापन भइसकेको छ ।

“२०७९ कात्तिक २२ गते डोटीमा ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्योदेखि जाजरकोटको ६।४ म्याग्निच्युडको भूकम्पसम्म पश्चिम नेपालमा चारवटा मझौला भूकम्प गएको छ,

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu