ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीटीईभीटीमा दुई महिनादेखि सदस्यसचिव रिक्त, रोकियो छनोट अन्तर्वार्ता


एबीसी न्यूज
१९ कार्तिक २०८०, आइतबार   १ : २६   बजे

काठमाडौं, १९ कात्तिक । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी दुई महिनादेखि सदस्यसचिवविहीन छ । सरकारले सदस्यसचिव नियुक्तिमा ढिलाइ गर्दा काम–कारबाही प्रभावित भएको छ ।

नयाँ सदस्यसचिव नियुक्त गर्न अघि बढाइएको प्रक्रिया समेत सरकारकै तर्फबाट स्थगित गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ सदस्यसचिव सिफारिसका निम्ति यही कात्तिक १७ र १८ गते निर्धारित अन्तर्वार्ता र प्रस्तुतीकरण तालिका स्थगित गरेको छ । सिफारिस समितिका अध्यक्ष र सदस्यहरू नीतिगत कार्यमा व्यस्त रहेको भन्दै मन्त्रालयले शनिबार र आइतबारलाई तय गरेको तालिका अर्को सूचना जारी नहुन्जेलका निम्ति स्थगित गरेको हो ।

मन्त्रालयले सदस्यसचिव पदमा आवेदन माग गर्दै गएको भदौ २९ गते सिफारिस समिति गठन गरेको थियो । समितिले आवेदकमध्येबाट कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका निम्ति कात्तिक १२ गते आठजनाको नाम ‘सर्ट लिस्टेड’ गरेको थियो ।

दुई महिनादेखि रिक्त सदस्यसचिवको जिम्मेवारी निमित्तका रूपमा महेश भट्टराईले निभाइरहेका छन् । भट्टराई सीटीईभीटीको प्राविधिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक हुन् ।

दुई वर्षमै जिम्मेवारीमुक्त काफ्ले
सीटीईभीटीको सदस्यसचिव यसअघि जीवनारायण काफ्ले थिए । ५८ वर्ष पूरा भएसँगै उनी गएको साउन ४ गते निजामती सेवाबाट ‘रिटायर्ड’ भए । ०७८ असार ७ गते सदस्यसचिव नियुक्त भएका उनको कार्यकाल करिब दुई वर्ष रह्यो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली, २०५१ मा सदस्यसचिव पदको कार्यकाल चार वर्ष हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार काफ्ले आफ्नो कार्यकाल नियमित गरिपाऊँ भन्दै सर्वोच्च अदालत समेत पुगेका थिए ।

सर्वोच्चले मुद्दा अन्तिम किनारा नलागेसम्म कामकाजबाट नहटाउन सोही वर्ष साउन १ गते अन्तरिम आदेश दिएको थियो । तर, सो आदेश खारेजीका निम्ति शिक्षा मन्त्रालयले ‘भ्याकेट’ निवेदन दियो । त्यसपछि सर्वोच्चले काफ्लेको विपक्षमा आदेश दिएको थियो । र, भदौ २१ गतेदेखि उनी जिम्मेवारीमुक्त भएका थिए ।

परिषद् ऐन, २०४५ को दफा २ अनुसार हाल परिषद्भित्रकै कर्मचारीबाट नयाँ सदस्यसचिव नियुक्ति प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

सिफारिस समितिले पठाएका नाममध्येबाट मन्त्रिपरिषद्ले सदस्यसचिव नियुक्त गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu