ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट भूकम्प १३ हजारभन्दा बढी घरमा क्षति, तीन हजार ७३ पूर्ण ध्वस्त


एबीसी न्यूज
२० कार्तिक २०८०, सोमबार   ३ : १२   बजे

काठमाडौं, २० कात्तिक । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले १० जिल्लामा १३ हजार ४२९ घरमा क्षति पुर्‍याएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

६।४ म्याग्निच्युडको भूकम्पले सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिमका घरमा क्षति गरेको छ । क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेकाले यो संख्या अझ बढ्ने देखिन्छ ।

गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार भूकम्पले तीन हजार ७३ घरमा पूर्ण, पाँच हजार ५९५ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको छ ।

रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार भूकम्पले रुकुम पश्चिममा मात्र ९ हजार ५३८ घरमा क्षति गरेको छ । यो आइतबार रातिसम्म प्राप्त विवरण हो ।

रुकुम पश्चिममा भूकम्पले दुई हजार १३६ घरमा पूर्ण, दुई हजार ६४२ घरमा आंशिक र चार हजार ७६० घरमा सामान्य क्षति गरेको उनले बताए ।

“भूकम्पले क्षति गरेको विवरण संकलन गर्ने कार्य जारी छ । स्थानीय तहबाट विवरण आइरहेका छन् । क्षति भएका घरको संख्या अझै बढ्छ,” सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले भने ।

गृह मन्त्रालयका अनुसार भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट जिल्लामा ९०५ घर पूर्ण र दुई हजार ६८५ घरमा आंशिक क्षति गरेको छ ।

प्राप्त विवरणअनुार भूकम्पले रुकुम पूर्वका ११८ घरमा आंशिक र पाँच घरमा पूर्ण क्षति गरेको छ । सल्यानका ९७ घरमा आंशिक र २५ घरमा पूर्ण क्षति गरेको छ ।

यस्तै, रोल्पाका १७ घर, नवलपरासी पूर्वको एकमा आंशिक क्षति गरेको छ । दैलेखका एक घरमा आंशिक र एक घरमा पूर्ण, दाङका ६ घरमा आंशिक, बैतडीमा एक घरमा पूर्ण र प्युठानका २९ घरमा भूकम्पले आंशिक क्षति गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group