ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाटन अस्पतालका चिकित्सक आन्दोलनमा


एबीसी न्यूज
२१ कार्तिक २०८०, मंगलबार   १ : २१   बजे

काठमाडौं, २१ कात्तिक । डिउटीमा रहेका चिकित्सक र नर्समाथि कुटपिट एवं दुर्व्यवहारको घटनालाई लिएर पाटन अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिएका छन् । फ्याकल्टी, आवासीय, इन्टर्नसहितका चिकित्सक आन्दोलनमा उत्रँदा मंगलबार अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भएको छ ।

गएको शनिबारको घटनाका दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले अस्पताल प्रांगणमा प्रदर्शन गरेका हुन् । “हामीले सेवा प्रभावित गर्न खोजेका होइनौँ, पटक–पटक हामीमाथि आक्रमण र दोषीलाई कारबाही नभएपछि काममा खटिन नसकेर आन्दोलनमा आएका हौँ,” मेडिसिन विभागमा कार्यरत आवासीय चिकित्सक डा। सञ्जय बरालले  भने ।

शनिबार पाटन अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको २० मिनेटको अन्तरालमा मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले डिउटीमा खटिएका चिकित्सकमाथि कुटपिट गरेका थिए ।

 

औषधि दिने क्रममा लापरबाही गरिएको भन्दै आफन्तले दुई आवासीय चिकित्सकको टाउकामा मुक्का प्रहार र धकेलाधकेल गरेको सीसीटीभी फुटेजमा देखिएको छ । सोही क्रममा इन्जेक्सन दिने नर्समाथि पनि मृतकका आफन्तले दुर्व्यवहार गरेको अस्पतालले जनाएको छ ।

मृतक क्रमशः ८६ र ६८ वर्षका निमोनियाका बिरामी थिए । ८६ वर्षीया वृद्धाको शव सोही दिन परिवारले बुझेको थियो । ६८ वर्षीय पुरुषको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी रिपोर्ट अध्ययनका क्रममा रहेको पाटन अस्पताल प्रशासनले जानकारी गराएको छ । ती वृद्धको शव समेत परिवारले बुझिसकेको छ ।

उनीहरूका उपचारका क्रममा प्रयोग गरिएको औषधि परीक्षणका निम्ति औषधि व्यवस्था विभागमा पठाइएको अस्पतालले जनाएको छ ।

पाटन अस्पतालमा आइतबार र बिहीबार अरू दिनभन्दा भीड हुने गरेको छ । आइतबार र बिहीबार ओपीडीमा बिरामीको संख्या एक हजार ८०० सम्म पुग्ने गरेको अस्पतालको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group