ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटकको विकल्पमा छोटो भिडियो राखेर पैसा कमाउन सकिने यी एप


एबीसी न्यूज
२८ कार्तिक २०८०, मंगलबार   २ : ३०   बजे

काठमाडौं, २८ कात्तिक । सरकारले सोमबारबाट नेपालमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलल् पार्नबाट बचाउन टिकटक प्रतिबन्ध लगाउनु परेको बताएका छन् ।

नेपालमा टिकटकका लाखौं प्रयोगकर्ता थिए । कयौंले आफ्नो व्यवसायको प्रचार टिकटकको माध्यमबाट गर्दै आएका थिए । धेरै टिकटक क्रिएटरहरूले एपमा विभिन्न माध्यमबाट आम्दानी समेत गरिरहेका थिए ।

तर, टिकटकको सकारात्मकसँगै नकारात्मक प्रभाव परेको भन्नेहरूको संख्या पनि उत्तिकै छ । सामाजिक सञ्जालमा धेरैले प्रतिबन्धको स्वागत गरिरहेका छन् भने केहीले विरोध पनि ।

टिकटक बन्द भएसँगै यसको विकल्पमा नेपालमा यी एप प्रयोग गर्न सकिन्छ

इन्स्टाग्राम रिल्स
इन्स्टाग्राममा छोटो भिडियोलाई ‘रिल’का रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्डहरूसँग सहकार्य गरेर पैसा कमाउन सकिन्छ । यस्तै ठूला क्रिएटरहरूले लाइभ ब्याज र सप फिचरबाट पनि आम्दानी गर्नसक्छन् ।

फेसबुकमा रहेको रिल्स फिचर पनि टिकटकको राम्रो विकल्प हो । रिल्समा अपलोड गरेका भिडियोमा धेरै भ्युज गएमा मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ । फेसबुकमा रिल मात्रै होइन भिडियोहरू नै अपलोड गरेर मापदण्ड पुगेपछि मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ ।

युट्युब सर्टस
टिकटकलाई टक्कर दिन युट्युबले ल्याएको सर्ट भिडियो फिचर युट्युब सर्टस पनि टिकटकको विकल्प हो । युट्युब सर्टस भिडियोमा पनि राम्रो भ्युज जान्छ । सर्टस मोनिटाइज गरेर आम्दानी पनि गर्न सकिन्छ । युट्युब सर्टस मोनिटाइज गर्न १ हजार सब्सक्राइबर र ९० दिनमा १ करोड भ्युज भएको हुनुपर्छ ।

स्न्यापच्याट
मल्टिमिडिया र म्यासेजिङ एप स्न्यापच्याटमा पनि छोटा भिडियोहरू राख्न सकिन्छ । स्न्यापच्याटको स्पटलाइट फिचरमा भिडियो राखेर क्रिएटरहरूले कम्पनीको तर्फबाट रिवार्ड पाउन सक्छन् । मापदण्ड पूरा गरेपछि स्न्यापच्याटको स्पटलाइटबाट आम्दानी गर्न सकिन्छ ।

एक्स
एक्स ट्विटरले पनि भिडियो एवं अन्य क्रिएटरका लागि आम्दानी गर्न सकिने सुविधा थपेको छ । मापदण्ड पूरा गरेपछि एक्समा राखेको भिडियोबाट पनि आम्दानी गर्न सकिन्छ र एक्स आफैँले पोस्टको भ्युजका आधारमा समेत पैसा दिने गरेको छ ।

एक्सको सब्सक्राइब फिचरबाट पनि क्रिएटरहरूले आम्दानी गर्न सक्छन् । पैसा तिरेर सब्सक्राइब गरेका फलोअरहरूलाई क्रिएटरहरूले विशेष कन्टेन्टमा पहुँच दिनसक्छन् तर यो फिचर नेपालको हकमा त्यति सहज नहुन सक्छ ।

यसबाहेक लाइकी, लेमन–८, ट्रिलर, मोज, जुमेरंगलगायत एप पनि उपलब्ध छन् । तर नेपालका धेरै प्रयोगकर्ता फेसबुक, इन्स्टाग्राम र युट्युबमा भएका कारण यी तीनवटै प्लेटर्फमको रिल र सर्ट भिडियो फिचर अहिलेका लागि बढी उपयोगी हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group