ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिवद्धतामा व्यापक गिरावट


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   १० : ४३   बजे

काठमाडौं, १ मंसिर । नेपालले प्राप्त गर्ने वैदेशिक ऋण र अनुदान प्राप्ति प्रतिवद्धतामा व्यापक गिरावट आएको छ । दातृ राष्ट्र तथा निकायले दिएको रकम खर्च गर्न सक्ने क्षमता गुमाउँदै गएपछि सहुलियतका ऋण र अनुदानमा गिरावट आएको हो ।

अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार, चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो तीन महिना साउन, भदौ र असोजमा  नेपालले प्राप्त गर्ने वैदेशिक सहायतामा ८४।२९ प्रतिशतले गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९–८० को त्यही अवधिको तुलनामा यो वर्ष नेपालले कम वैदेशिक सहायता प्राप्त गरेको हो । २०८० सालको साउन, भदौ र असोजमा नेपालले १३ अर्ब ५८ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ ।

अघिल्लो वर्ष २०७९ को साउन, भदौ र असोजमा नेपालले ८६ अर्ब ४१ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्राप्त गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ७२ अर्ब ८३ करोड रुपैयाँ कम वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्राप्त वैदेशिक सहायता प्रतिवद्धता शिक्षा र वातावरण क्षेत्रमा आएको छ ।

यसवर्ष प्राप्त सम्पूर्ण रकम अनुदान सहयोगअन्तर्गत प्राप्त भएको छ । पछिल्लो तीन महिनामा जापानबाट २ अर्ब ९५ करोड रुपैयाँ र यूरोपेली युनियन ईयूबाट प्राप्त १० अर्ब ६३ करोड रुपैयाँ प्राप्त भएको छ ।

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख तथा सहसचिव श्रीकृष्ण नेपाल वैदेशिक सहायताको उपयोग पछिल्ला वर्षहरुमा घट्दो क्रममा रहेको बताउँछन् ।

वैदेशिक सहायता प्रतिवद्धता वृद्धि गर्न उपयोग गर्ने क्षमता पनि सुदृढ गर्नुपर्ने तर्क उनको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९–८० मा नेपालले ऋण र अनुदान गरी २ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी उपलब्ध हुने प्रतिवद्धता प्राप्त गरेको थियो ।

जसमध्ये १ खर्ब २३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ मात्र नेपालले उपयोग गरेको थियो । गत आर्थिक वर्ष नेपालले खर्च गरेको वैदेशिक सहायतामा अनुदान २१ अर्ब २९ करोड ७५ लाख रुपैयाँ र ऋण १ खर्ब २ अर्ब १२ करोड १ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालले प्राप्त गरेको वैदेशिक सहायतामा अनुदानमा १७।८ प्रतिशत र ऋणमा १५।७ प्रतिशतले कमी आएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७८–७९ मा नेपालले ऋण र अनुदान गरी २ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँ प्रतिवद्धता प्राप्त गरेको थियो । सो वर्ष उक्त रकममध्ये १ खर्ब ४७ अर्ब ४ करोड ७६ लाख रुपैयाँ नेपालले उपयोग गरेको थियो ।

पछिल्ला ६ वटा आर्थिक वर्षमा नेपालले कुल ८ खर्ब ७७ अर्ब ९४ करोड २८ लाख रुपैयाँ वैदेशिक सहायता उपयोग गरेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group