ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा अनलाइन ठगी बढ्दै, हप्तामै ठगिए १८५ जना, गुमाए १०० मिलियन डलर


एबीसी न्यूज
१ मंसिर २०८०, शुक्रबार   ११ : ५१   बजे

काठमाडौं, १ मंसिर । लगानी विशेषज्ञहरूको सुझावको आधारमा छनोट भएको दावी गरिएको ‘स्टक’ किन्दा हङकङमा १८५ जना ठगिएका छन्।

एक हप्ताको समयावधिमा ठगिएका उनीहरूले १०० मिलियन हङकङ डलरभन्दा बढी गुमाएको प्रहरीले बताएको छ।

गत महिना पनि यही प्रकृतिको ठगीमा ११० जना ठगिएपछि प्रहरीले सर्वसाधारण सतर्क रहन सूचित गरेको थियो।

ठगी बढ्दै गएपछि प्रहरीले आफ्नो साइबरडिफेन्डर फेसबुक पेजमा सूचना जारी गर्दै सतर्क रहन पटक–पटक आग्रह गरेको छ।

घटनाबाट पीडित स्रोतले स्थानीय अखबारलाई दिएको जानकारी अनुसार ठगी समूहले पीडितहरूलाई ह्वाट्सएप लगायतका सामाजिक मिडिया प्लेटफर्ममा समूहमा सामेल गराई स्टक किन्नको लागि प्रोत्साहित गरेका थिए।

स्टक किन्नको लागि ट्रेडिङ वेबसाइट र एप डाउनलोड गर्न प्रलोभन देखाइएको थियो, जुन वेबसाइट र एप नक्कली थिए।

पीडितले बोगस प्लेटफर्ममार्फत लगानी गरेका थिए तर रकम फिर्ता लिन खोज्दा ठगहरूले अकाउन्ट ब्लक गरिसकेका थिए।

त्यस्तै अर्का एक पीडितले ‘टु बी फ्लोरिसिङ’ नामक मेसेजिङ ग्रुपमा सामेल भएर १।२ मिलियन हङकङ डलर गुमाएका छन्।

प्रहरीले बताएअनुसार उनलाई स्टकमा लगानी गर्न नक्कली ट्रेडिङ एप डाउनलोड गर्न लगाइएको थियो।

त्यसपछि १० वटा लेनदेनमार्फत हङकङका विभिन्न बैंक खातामा पैसा ट्रान्सफर गर्न लगाइएको थियो। पछि रकम झिक्न खोज्दा नमिलेपछि आफू ठगिएका महसूस गरेका थिए।

ठगीका घटना बढ्दै गएपछि कुनै पनि लगानी गर्नुअघि स्क्यामिटर ९क्अबmभतभच० खोज इन्जिनमा जाँच गर्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।

साइबरडिफेन्डर वेबसाइट र एपमार्फत पहुँचयोग्य स्क्यामिटरले शंकास्पद वेब ठेगाना, इमेल, प्लेटफर्म प्रयोगकर्ताको नाम, बैंक खाता, मोबाइल नम्बर, आईपी ठेगाना आदि पहिचान गर्न मद्दत गर्ने प्रहरीले बताएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group