ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार दिनदेखि बेपत्ता पत्रकार प्रकाश ढकालको शव कृष्णभीरमा भेटियो


एबीसी न्यूज
४ मंसिर २०८०, सोमबार   ३ : ५५   बजे

काठमाडौं, ४ मंसिर । पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव फेला पारेको हो । त्रिशुली नदीमा र्‍याफ्टिङ गरिरहेका एक व्यक्तिले उनको टाढाबाट देखेर प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि प्रहरीसहितको टोली घटना स्थल पुगेको हो ।

घटनास्थलमा रहेका पत्रकार कमल सरगमले शवको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको बताए । शरीरमा सामान्य चोटपटक छ । उनको मोबाइल भने सुरक्षित भेटिएको उनले जानकारी दिए ।
‘शवको अवस्था हेर्दा घटना शंकास्पद देखिन्छ,’ पत्रकार सरगमले भने ।

आज शवलाई पोस्टमार्टमका लागि काठमाडौं ल्याइँदै छ । परिवारका सदस्य शंका लागेका व्यक्तिविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।

पत्रकार ढकाल तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए । त्यसपछि उनको खोजबिन सुरु भएको थियो ।

लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको पूर्वसहसचिव हुन् । उनी वैदेशिक रोजगारीका लागि दुबईमा छँदा सो जिम्मेवारीमा थिए । उनले करिब दुई दर्जन गीतमा अभिनय पनि गरेका छन् ।

ढकालको दुई वर्षअघि श्रीमतीसँग पारपाचुके भएको थियो । उनीहरूका दुई सन्तान छन् । सन्तान आमासँग बस्दै आएका थिए । पारिवारिक कारणले ढकाल केही मानसिक तनावमा पनि थिए ।

उनी विगत सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group