ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलियामा वित्तीय क्षेत्रमा ठूलो छानबिन हुँदै


admin
२९ माघ २०७४, सोमबार   ४ : १८   बजे

काठमाडौं, २९ माघ । अष्ट्रेलियाका ब्याङ्क तथा वित्तीय सेवाहरूमा हुने गलत कामबारे एउटा महत्त्वपूर्ण छानबिन शुरू भएको छ।

सार्वजनिक छानबिनसम्बन्धी देशको सबैभन्दा ठूलो निकाय ‘द रोयल कमिशन’ अर्थात् शाही आयोगले वित्तीय क्षेत्रमा हुने भनिएका आरोपित र स्थापित दुर्व्यवहारहरूबारे छानबिन गर्नेछ।

अष्ट्रेलियाका ब्याङ्कहरूले सेवाग्राहीमाथि शोषण गर्ने र ठूला व्यापारिक निकायहरुसँग मिलेर धोकेबाजी गर्ने जस्ता आरोपहरू झेल्दै आएका छन्।

अष्ट्रेलियाका ब्याङ्कहरू नाफा कमाउने विश्वका ब्याङ्कहरूमा पर्दछन्।

सुनुवाइ

आयोगले सोमवार मेलबर्नमा पहिलो सुनुवाइ गरेको छ।

आयोगका आयुक्त केनेथ हायनीले समुदायको वित्तीय क्षेत्रमा ‘मापदण्ड र अपेक्षाभन्दा तलका व्यवहारमा पर्नेु क्रियाकलापबारे अनुसन्धान गरिने बताए।

उनले अष्ट्रेलियाका वित्तीय सेवाहरू विश्वका बलिया तथा स्थिर सेवामा पर्ने भए पनि गलत व्यवहारका स्थापित उदाहरणहरू रहेको र त्यसले सांस्कृति एवं सरकारी अभ्यासहरूबारे प्रश्न उब्जाएको उल्लेख गरे।

ब्याङ्किङ सेवाका बाहेक निवृत्तिभरण अथवा निवृत्ति योगदान, बीमा र सम्पत्ति व्यवस्थापन कम्पनीहरूबारे पनि छानबिन गरिनेछ।

अधिकार
यद्यपि ठूला ऋणदाताहरूमाथिको छानबिनलाई प्राथमिकता राखिनेछ, जसले सेवाग्राहीलाई भन्दा नाफालाई बढी महत्त्व दिने गरेका छन्।

पहिलो चरणको सार्वजनिक सुनुवाइ आगामी महिना शुरू हुनेछ, जो अनियमित ढंगले धितो, क्रेडिट कार्ड र कार ऋणमा भइरहेका कर्जा प्रवाहमा केन्द्रित हुने बताइएको छ।

आयोगलाई कागजातहरूको जाँचबुझ गर्ने र प्रत्यक्षदर्शीलाई सुनुवाइमा उपस्थित हुन बाध्य पार्न सक्ने अधिकार हुनेछ।

उक्त निकायले फौजदारी कारबाही र कानूनी परिवर्तनका लागि पनि सुझाव दिन पाउने छ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group