ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युनिलिभरको ३० औं वार्षिक साधारण सभा सम्पन्न


एबीसी न्यूज
२९ मंसिर २०८०, शुक्रबार   १ : २२   बजे

काठमाडौं, २९ मंसिर । युनिलिभर नेपालको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा सफलतापूर्वक होटल याक एण्ड यतीमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

युनिलिभर नेपाल लिमिटेडले अतुलनीय लाभाँस प्रतिफल र कर पछिको नाफा १८३।४ करोड पुर्‍याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालका शेयरधनीहरु यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभाँश प्रति शेयर रु।१५८०।– का साथ लाभान्वीत हुने भएका छन् ।

युनिलिभर नेपाल लिमिटेडले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव “हरेक घरमा, हरेक मनमा” भन्ने नाराका साथ मनाइरहेको छ ।

समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष बाजपेइले सबै शेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरु र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिंदै भने, “न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ किनकी विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ ।”

सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु।१५४।२ करोडबाट बढेर यो वर्ष १८३।४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए ।

उनले भने,“हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन ।”

युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भने बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणहरुको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group