ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बानेश्वरको आकाशे पुलमा लिफ्ट जोड्ने महानगरको प्रस्तावमा सडक विभागको आनाकानी


एबीसी न्यूज
२९ मंसिर २०८०, शुक्रबार   १ : ५१   बजे

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्‍यो । तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा सो योजना अझै अगाडि बढ्न सकेको छैन ।

महानगरले भदौ दोस्रो हप्तातिर विभागसँग नयाँ बानेश्वरमा रहेको आकाशे पुलमा लिफ्ट जडान गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि तीन महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध पुगेको महानगरको आरोप छ ।

महानगरको ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले सडक विभागको कारणले काम अगाडि बढाउन नसकिएको बताए । ‘सडक विभागसँग हामीले लिफ्ट जडानको लागि बारम्बार भनेका थियौं, तर विभागले आफ्नो संरचना भत्काउन नदिने अडान लिएपछि काम अगाडि बढ्न सकेको छैन’, ।

महानगरका अनुसार करिब एक करोडको लगानीमा लिफ्ट जडान गरेर वृद्ध, अपाङ्‍गता भएका, गर्भवती महिला र भरिया लक्षित गरेर लिफ्ट जडानको योजना बनाइसकको छ । महानगरको योजना विभागका एक कर्मचारीका अनुसार दैनिक ५ सयभन्दा बढी लक्षित वर्गले प्रयोग गर्न सक्ने गरी आकाशे पुलको दुवैपट्टी लिफ्ट हाल्न लागिएको हो । बानेश्वरको आकाशे पुलमा लिफ्ट राखेर योजना पाइलटिङ गरेपछि महानगरका अन्य मुख्य चोकहरुमा पनि प्रणाली विस्तार गर्ने योजना महानगरको छ ।

 

तर, सुरुमै अवरोध झेल्नु परेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठको भनाइ छ ।

‘हामीले यहीबाट सुरु गरेर अन्य स्थानमा विस्तार गर्ने योजना बनाएका थियौं, तर हुन सकेन । अब महानगर आफैंले बनाएको आकाशे पुलहरुमा अध्ययन गर्न थालेका छौं’, श्रेष्ठले भने, ‘महानगरले गर्न लागेको काममा सडक विभागले अड्चन थापेको छ ।’

तर, सडक विभागले लिफ्ट जडान योजना रोक्नेभन्दा पनि त्यसलाई सेवा बाहेक व्यावसायिक प्रयोजनका लागि बनाउन नदिने आफ्नो नीति रहेको बताएको छ ।

सडक विभागका प्रवक्ता समेत रहेका उपमहानिर्देशक रामहरी पोखरेलले लिफ्ट मात्रै जडान गर्ने कुरामा कसैलाई पनि अस्वीकृत नगरेको बताए ।

‘हामीले लिफ्ट जडान गर्न रोक्ने भनेका छैनौं । आकाशे पुलहरुमा लिफट् हाल्ने प्रस्ताव धेरै ठाउँबाट आइरहेको छ । ललितपुर महानगरपालिकाले पनि गरेको छ’, उनले भने, ‘तर हामीले लिफ्ट हाल्दा उक्त सेवा बाहेक अन्य संरचना बनाउन पाइँदैन भनेका हौं ।’

उनले प्रस्तावमा लिफ्ट सहितको सार्वजनिक शौचालाय, गार्ड रुम, सटर लगायत संरचना बनाउने भनेपछि विभाग सहमत हुन नसक्ने बताए ।

उनले काठमाडौंमा बानेश्वरको विषयमा लिफ्ट मात्रै राख्ने कुरामा सडक विभाग सकरात्मक रहेको समेत बताए ।

‘ललितपुरको एकान्तकुनामा पनि पहिले त्यस्तै प्रस्ताव आएको थियो, हामीले स्वीकृति दिएका थिएनौं । अहिले लिफ्ट बाहेकका अन्य संरचना निर्माण गर्न नपाउने सर्तमा अनुमति दिइसकेका छौं’, पोखरेलले भने, ‘बानेश्वरको आकाशे पुलका विषयमा पनि महानगरसँग थप छलफल गर्न सकिन्छ ।’

तर, महानगरले सेवाका लागि मात्रै लिफ्ट जडान गर्ने प्रस्ताव गर्दा पनि विभागबाट अड्चन थाप्ने काम भएको आरोप लगाएको छ ।

‘हामीले सडक विभागसँग छलफल गरेरै डीपीआर तयार पारिसकेका छौं, तयारी पनि पुरा छ । तर, सडक विभागले स्वीकृति दिएको छैन’, महानगरको सडक पूर्वाधार सम्बन्धी विभागका एक कर्मचारीले भन्छन्, ‘यहि कारणले मात्रै रोकिएको हो ।’

विभागले महानगरबाट आएको लिफ्ट बाहेक अन्य संरचना नबनाउने गरी आएको प्रस्तावको अध्ययन गरिरहेको जनाएको छ । महानगर स्वीकृति दिन विभागले गरेको आनाकानीले काम नै ठप्प भएको आरोप लगाइरहेको छ ।

महानगरले आकाशे पुलमा लिफ्ट जडानको योजना चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा नै राखेर ल्याएको थियो । बजेटको बुँदा नम्बर १३२ मा महानगर प्रहरी बलमार्फत खर्च हुनेगरी पूर्वाधार विकास क्षेत्रअन्तर्गत बजेट विनियोजन भएको छ । महानगरले आन्तरिक स्रोतबाट खर्च हुनेगरी यातायात सुरक्षा व्यवस्थापन कार्यक्रम अन्तर्गत ५ करोड विनियोजन गरेको थियो ।

महानगरले यो योजना ल्याएको पहिलोपटक होइन । आर्थिक वर्ष २०७५र७६ को बजेटमा पनि १२ करोड विनियोजन गरेको थियो । तर खर्च गर्न सकेको थिएन । यो पटक ल्याएको बजेट कार्यान्वयन गर्न महानगरपालिकाले गत भदौदेखि काम सुरु गरेपनि नतिजा भने देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group