ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ६ मा सरकार गठनको आन्तरिक गृहकार्य शुरु


admin
१ फाल्गुन २०७४, मंगलबार   ३ : २६   बजे

सुर्खेत, १ फागुन । प्रदेश नं ६ मा नयाँ सरकार गठनको आन्तरिक गृहकार्य शुरु भएको छ ।

यो प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट कालीकोटका प्रदेशसभा सांसद महेन्द्रबहादुर शाही यसअघि नै संसदीय दलको नेतामा चयन हुनुभएको छ ।

नेता शाहीको नेतृत्वमा यो प्रदेशमा प्रदेश सरकार बन्ने निश्चित भएको छ । संसदीय दलको नेता नै प्रदेश सरकारको मुख्यमन्त्री बन्ने प्रावधानअनुसार सांसद शाही आन्तरिक गृहकार्यमा जुट्नुभएको माओवादी केन्द्र जाजरकोटका सांसद कृष्णा शाहले जानकारी दिनुभयो ।

संविधानबमोजिम निर्वाचन आयोगले प्रदेशको निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले संसद्मा बहुमत प्राप्त ठूलो दललाई प्रदेश सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले फागुन ३ गते सरकार गठनका लागि आह्वान गर्नुपर्ने हुन्छ ।

त्यसअघि नै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई माओवादीका सांसद महेन्द्रबहादुर शाहीको नेतृत्वमा सरकार गठनका लागि नेकपा (एमाले) र माओवादी केन्द्रका सांसदको हस्ताक्षर बुझाउने तयारी भएको सांसद सीता नेपालीले जानकारी दिनुभयो ।

प्रदेश नं ६ मा जम्मा ४० जना प्रदेशसभा सदस्यमध्ये एमालेका तर्फबाट २० र माओवादी केन्द्रका तर्फबाट १३ जना सदस्य छन् भने एकजनामात्रै सांसद रहेको राप्रपाले राष्ट्रियसभाको चुनावमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरेको थियो ।

एमाले–माओवादी केन्द्र गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने टुङ्गो लागिसकेको छ । जम्मा सांसद संख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रिमण्डल गठन गर्नुपर्ने सबैधानिक व्यवस्था अनुसार यो प्रदेशमा आठ सदस्यीय मन्त्रिमण्डल हुन्छ । प्रदेश नं ६ मा वाम गठबन्धनका दलहरु एमाले र माओवादी केन्द्रले सानो आकारको सात सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu