ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानमा चुनाव जित्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पार्टी सत्तामा


एबीसी न्यूज
२५ पुस २०८०, बुधबार   १० : २८   बजे

काठमाडौं, २५ पुस । भुटानमा चुनाव जित्दै प्रतिपक्षी दल पिपल्स डेमोक्रेटिक पार्टी ९पीडीपी० सत्तामा फर्किएको छ ।

मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी सबैभन्दा धेरै सिट जित्दै सत्तामा फर्किएको हो । छिरिङ तोब्गे यसअघि सन् २०१३ देखि २०१८ सम्म पनि भुटानका प्रधानमन्त्री बनेका थिए ।

भुटानको सरकारी मिडिया भुटान ब्रोडकास्टिङ सर्भिसले पीडीपीले ४७ मध्ये ३० सिट जितेको जनाएको छ । अर्कोतर्फ पूर्व कर्मचारी पेमा चोबाङ्ग नेतृत्वको भुटान टेन्ड्रेल पार्टी (बीटीपी) १७ सिटमा सीमित भएको छ । निर्वाचन आयोगले बुधबार चुनावको अन्तिम परिणाम घोषणा गर्दैछ ।

सन् २००८ मा भुटानले राजाको प्रत्यक्ष शासन त्यागेर संसदीय लोकतान्त्रिक प्रणाली अपनाएको थियो । त्यसयता भुटानमा भएको यो चौथो चुनाव हो । तत्कालीन राजा जिग्मे सिङ्घे वाङ्गचुकले आफ्ना छोरा जिग्मे खेसर नाम्ग्याल वाङ्गचुकलाई राजगद्दी सुम्पिएपछिको यो पहिलो संसदीय निर्वाचन हो ।

पुरानो र नयाँ पार्टीबीच प्रतिस्पर्धा

करिब आठ लाख जनसंख्या रहेको भूपरिबेष्ठित मुलुक भुटानमा करिब पाँच लाख मतदाता छन् ।

राष्ट्रिय सभामा बहुमत हासिल गर्ने दलले भुटानमा सरकार बनाउँछ । भुटानमा दुई चरणमा निर्वाचन हुने गर्दछ । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई वटा पार्टी अन्तिम चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दछन् ।

यसपटक पहिलो चरणको निर्वाचनमा भुटानका पाँच वटा दल प्रतिस्पर्धामा थिए । तीमध्ये तीनवटा पुराना पार्टी ड्रुक न्यामरुप त्शोग्पा ९डीएनटी०, ड्रुक फुएनसम त्शोग्पा ९डीपीटी० र पिपल्स डेमोक्रेटिक पार्टी ९पीडीपी० सहित नयाँ दुई दल भुटान टेन्ड्रेल पार्टी ९बीटीपी० र ड्रुक थुएन्ड्रेल त्शोग्पा (डीटीपीटी) बीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतिस्पर्धाबाट पुरानो दल पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) र नयाँ दल भुटान टेन्ड्रेल पार्टी (बीटीपी) अन्तिम चरणको प्रतिस्पर्धामा पुगेका थिए ।

भुटानका वर्तमान प्रधानमन्त्री लोटे छिरिङ नेतृत्वको ड्रुक न्यामरुप त्शोग्पा ९डीएनटी०लाई पछि पार्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी ९पीडीपी० ले दुई तिहाइ सिट जितेर सरकार बनाउने अवसर पाएको हो । अब भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गचुकले पूर्वप्रधानमन्त्री पीडीपीका नेता छिरिङ तोब्गेलाई नयाँ सरकार बनाउनका लागि आह्वान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group