ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई क्यानाडाको १९५ रनको लक्ष्य


admin
२ फाल्गुन २०७४, बुधबार   ५ : १८   बजे


काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेट अन्तर्गत आफ्नो पाँचौं तथा अन्तिम खेलमा नेपालले क्यानडाबाट एक सय ९५ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेपालविरुद्ध क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ९४ रन जोड्यो। नेपालका बलर बसन्त रेग्मीले तीन र सन्दिप लामिछानेले दुई विकेट लिए। करन केसी र शरद भेषावकरले एक एक विकेट हात पारे।

क्यानडाले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो। रुविन्दु गुनसेकेरालाई नौ रनमा आउट गर्दै बसन्तले उक्त साझेदारी तोडेका थिए।

क्यानडाले ५७ रन जोड्दा सन्दिपले दोस्रो विकेटका रुपमा कप्तान नितिस कुमारलाई पाँच रनमा आउट गरे। क्यानडाले ६७ रन जोड्दा सन्दिपले पाथिरानालाई दुई रनमा आउट गरे। क्यानडाले ९० रन जोड्दा बसन्तले धालिवाललाई ब्यक्तिगत चार रनमा आउट गरे।

क्यानडाले एक सय ३१ रन जोड्दा करनले पाँचौ‌ विकेटका रुपमा विकेटकिपर हाम्जा तारिकलाई २४ रन आउट गरेका थिए। विजेरत्ना र तारिकबीच पाँचौं विकेटका लागि ४१ रनको साझेदारी भएको थियो।

बसन्तले १० ओभरमा ३४ रन दिए भने सन्दीपले नौ ओभरमा एक मेडन राखेर ४० रन दिए। पारसले सात ओभरमा १६ रन दिए। सोमपाल कामीले नौ ओभरमा एक मेडन राखेर ३८ रन खर्चिए। शरदले सात ओभरमा २१ रन दिए।

सन्दीपले प्रतियोगितामा १६ विकेट लिईसकेका छन्। क्यानडाविरुद्ध सुरुको पाँच ओभरमा केवल ७ रन खर्चिएका सन्दीपले छैटौं ओभरम १४ रन दिएका थिए।

क्यानडाका एक ब्याट्सम्यान रन आउटको शिकार भए। क्यानडाका ओपनर श्रीमान्था विजेरत्नाले शतक बनाए। उनले अविजित एक सय ३ रन जोडे। उनले एक सय ५२ बलमा ८ चौका प्रहार गरे।

विश्वकप छनौट खेल्न नेपालले क्यानडालाई हराउनै पर्ने छ। ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्। तालिकामा नेपाल ६ अ‌ंकसहित तेस्रो स्थानमा छ। क्यानडा र नामिबियाको पनि समान ६ अ‌ंक भएपनि नेटरनरेटमा दुवै टोली नेपालभन्दा अगाडि छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu