ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–हमास युद्धको १०० दिन पूरा: रिपोर्टिङ गरिरहेका ८२ पत्रकार मारिए


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   ९ : २३   बजे

काठमाडौं, २९ पुस ।  हमास युद्धको १०० दिन पूरा भएको छ। गत अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा प्रवेश गरेर हिंसा मच्चाएसँगै शुरु भएको लडाइँपछि इजरायलले लगातार शक्तिशाली आक्रमण गरी गाजाको अधिकांश क्षेत्र ध्वस्त पारेको छ।

हालसम्म गाजा, वेस्ट ब्यांक तथा तेल अभिव लगायतका ठाउँमा गरी इजरायली सेनाको कारबाहीमा २४ हजार प्यालेस्टिनी मारिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै इजरायली सेनाको आक्रमणमा गाजामा १३५ जनाको मृत्यु भएको छ। ३१२ जना घाइते भएको अलजजिराले उल्लेख गरेको छ।

इजरायलमा भने हमासले कब्जा गरेका आफन्तको रिहाइको माग गर्दै प्रदर्शन भएको छ। हजारौँ मानिसले राजधानी तेल अभिव, जेरुसेलम लगायतका शहरमा प्रदर्शन गरेका छन्। हमासले ७ अक्टोबरमा इजरायलका विभिन्न ठाउँमा आक्रमण गरी नेपालका विपीन जोशीसहित इजरायलसहित विभिन्न देशका झण्डै ३०० मानिसलाई बन्धक बनाएको थियो।

बिचमा भएको युद्धविराममा केही बन्धक छुटे पनि ठूलो संख्याका बन्धक अझै छुट्न सकेका छैनन्। यसैबीच प्रेस फ्रिडम ग्रुपले गाजा युद्धमा रिपोर्टिङका क्रममा ठूलो संख्यामा पत्रकार मारिएको भन्दै पत्रकारको सुरक्षाका लागि अपिल गरेको छ। ७ अक्टोबरयता इजरायल–गाजा युद्धको रिपोर्टिङ गरिरहेका ८२ पत्रकार मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu