ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवन र मृत्युको संघारमा राउटे समुदायको जीवन


एबीसी न्यूज
३ फाल्गुन २०७४, बिहिबार   १० : ४८   बजे

फिरन्ते जातिको रुपमा परिचति राउटे समुदाय नेपालका केही पहाडी भू–भागमा बसोबास गर्छन् । राउटेहरुको जिन्दगी नियाल्न, जानकारी लिन र आफुहरुले सकेको सहयोेग गर्ने उदेश्यले शिव आनन्द कल्याणकारी ट्रष्टमार्फत् हाम्रो टोली भैरवी गाउँपालिका डोक्रा दैलेखमा हामी पुग्यौ । जहाँ उनिहरुमध्ये केहिको जमात त्यहा बसोबास गर्छन् । जाडोमा जाडोेकै कारण र गर्मीमा गर्मीकै कारण जोखिमपूर्ण जीवनशैली बाँचिरहेका छन् राउटेहरु । पाल उनीहरुको घर हो भनौ या ओत लाग्ने साधन हो । जहाँ तीनदेखि सात जनासम्म एउटै परिवारमा मिलेर बसेका हुन्छन् । किलामा पाल अड्याएर घर बनाउँछन् । फिरन्ते जातिको रुपमा परिचित नेपालको केही पहाडी भू–भागमा बस्ने राउटेहरुको एउटा टोली दैलेखको कुसापानीमा केही महिनादेखि बसिरहेका छन् । आफ्नै समुदायको कट्टर मान्यतामा बस्न रुचाउने राउटे समुदाय खिइँदै खिईँदै डेढसयको हाराहारीमा मात्रै सीमित छन् ।

राउटेहरु कति समय एक ठाउँमा बस्छन् होला भन्ने जिज्ञासा

आम रुपमा पाईन्छ । साधन स्रोत हुँदासम्म उनीहरु आफू बसेको ठाउँ छोड्दैनन् । वनले अनुमति दिएका काठ ढालेर भाँडाकुँडा बनाउनु र यसलाई बेचेर अनाज किन्ने गर्दछन् । समुदायमा कसैको मृत्यु भयो भने अशुद्ध भएको भन्दै बस्ती सार्छन् । मान्छे मर्दा नुन होईन तेल छोड्ने संस्कृतिमा बाँचेको राउटे समुदायका मुखिया धनबहादुर शाहीले भने,‘नुन त हाम्रो प्राण हो हामी छोड्न सक्दैनौँ । मर्ने बित्तिकै जुठो मान्दैनन् । सदगदपछि मात्रै जुठो शुरु हुने प्रचलन छ । भोलि नै कुनै चाडपर्व छ र आज कसैको मृत्यु भयो भने सदगदमा ढिलाई गरेर भएपनि चाडपर्व मनाउने गर्दछौँ। ।’खानाको लागि गुना बाँदर मार्नु र खोलामा बाँध बाँधेर माछा मार्नु उनीहरुको दिनचर्या नै हुन्छ । बिडम्नाको कुरा आजकल अम्मलमा चुर्लुुम्मै डुबेका छन् राउटेहरु । कुसापानीमा शान्ति होटेल चलाईरहेका शान्ति जैसी भन्छिन,‘बडो मिहिनेतले बनाएका बाकस् आरी, पिर्का जस्ता काठका सामाग्रीलाई उनीहरु रक्सीपानी मै सिध्याउँछन् । जाँडरक्सीका अलावा गुट्का सुर्ती र चुरोटको अम्मलमा यसरी डुबेका छन् । कि अधिकांश वयस्क यसको असर लिएर बाँचिरहेका छन् । आफैलाई सिध्याउन लागिपरेका छन् राउटेहरु ।’उनीहरुको बसेको ठाउँ वरिवरी देखिने रक्सीका खाली सिसी र सुर्तीजन्य चिजका पाकेटहरुले पनि यो कुराको पुष्टि गरेको छ । उनीहरुलाई देख्नासाथ जो कोहीले अनुरोध गर्छन् समाजको मूल प्रवाहमा आउनुस् । बच्चालाई स्कुल पठाउनुस् । सरकारले उपलब्ध गराउने घरमा स्थायी बसोवास गर्नुस् । मोबाईल बोक्नुस् । बिरामी हुँदा अस्पतालको उपचार गर्नुस् । तर उनीहरु यी कुरालाई त्यति वास्ता गर्दैनन् । आफ्नो जीवनशैली र नीति नियमलाई परम्परा र आफ्नै निजी प्रचलनको माध्यमबाट चलाउँछन् रुचाउँछन् । डाक्टरले भनेको बिमारमा होईन धामीले भनेको मसानमा बिश्वास गर्छन् । बृद्धबृद्धा र बच्चाहरु निमोनिया कै कारण मरिरहेका हुन्छन् ।

 

आफ्नै समुदायबाट चुनिएका महाँ मुखिया र मुखियाको कमाण्डमा राउटेहरु चल्छन् । मुखियाको तल ठालु भन्ने पद पनि छ । मुखिया र ठालुका घरका परिवार वा इष्टमित्रहरु आफूलाई फलानोको आफन्त भनेर गर्व गर्छन् । उनीहरु परिवर्तन भन्दा आफ्नै पुरातन मान्यतालाई जोगाउन उद्यत हुन्छन् । यसरी सम्झाउदै गर्दाराउटे मुखिया सूर्यनारायण शाही भन्छन्, ‘हजुरहरुले भनेका कुरापनि बिस्तारै हुँदै जाला अहिल्यै यस्तो गर्न नभन्नुस् । अशिक्षा राउटे बस्तीको पहिलो समस्या हो । स्वास्थ्य, खानपिन, सरसफाई, राम्रा लाउने र ओढ्ने ओच्छयाउने कुराको समस्या बस्तीमा देखिन्छ । बालबिवाह पनि राउटे बस्तीको डरलाग्दो समस्या हो । नातिनी सरहकालाई समेत राउटेले बिवाह गरेको पाईन्छ ।

जंगली जीवनशैली र फिरन्ते भएता पनि उनीहरु बिवाहजस्तो कुरामा सगोत्रीलाई स्वीकार गर्दैनन् । मूलतः शाही थरका राउटेहरु कल्याल र रास्कोटीगरी दुई गोत्रका हुन्छन् । सोवँशी र हमालहरु प्नि केही मात्रामा छन् । यही भिन्न गोत्रमा बिहेवारी चल्छ । उनीहरुको बिवाहमा बाख्रा, गुना, माछा आदीको परिकार पकाईन्छ । तेलमा तारेर पकाईएका परिकारहरुको ठूलै महत्व रहेको हुन्छ । माघी र तिहार यिनीहरुले पनि मनाउँछन् । मँसिरमा पाँचदिनसम्म देवताको पूजा गर्छन् । यसका बारेमा स्थानीय शिक्षक धनबहादुर राना भन्छन्,‘यो मंसिरमा छयालीसवटा वाख्रा काटेर देवताको पूजा गरेको हामीले नै देखेका हौँ ।’

कुनै समय राउटे आउँछ सुतेका बच्चालाई उठाएर लैजान्छ, आफ्नै बच्चालाई मारेर खान्छ भन्ने पुराना मान्यता थियो । यस्ता अनेकन जिज्ञासाका बारेमा राउटेहरु भन्छन्,‘सरकारले तोकेको भन्दा अर्को काठ समेत काट्दैनौँ, किन बच्चा मार्नु ? हामीलाई पुलिसले समाईहाल्छ नि । कुनै नयाँ पाहुना बस्ती वरपर आउँदा उनीहरु नगद रुपैयाँ पैसाको तुरुन्तै आस गर्छन् । बुढी मरेको या बच्चा बिरामी भएको या सुर्ती खान मन लागेको भन्दै सय दुईसय रुपयाँ तोकेरै माग्छन् राउटेहरु । बिधवा महिला देखाएर यो राँडीको कोही छैन् पैसा दिनुस् भनेर फकाउँछन् ।

हुन पनि हो विगत र भविष्य केवल काल्पनिक कुराहरु हनु । यहि कुरा राउटेहरुमा लागु हुन्छ । उनीहरु भोलि के होला ? या के चाँहिएला भन्ने कुरामा उनीहरुलाई चासो हुन्न । आज र अहिले कसरी खानेकुरा जुट्छ भन्ने कुराहरुको लागि उनीहरु मरिमेट्छन् । राउटेका दुःख सुखलाई नजिकबाट बुझ्न शिवानन्द कल्याणकारी ट्रष्ट काठमाडौँ अनामनगरबाट दलबल सहित दैलेख पुगेका हामी केही खुशी र केही तीता अनुभव सँगालेर फर्कियौं । हामीले केही थान कम्बल, चामल, नुन, तेल र चाउचाउ जस्ता सामाग्री बितरण पनि ग¥यौं । र छिट्टै हामी उनिहरुको जीवनशैलीको डकुमेन्ट्रि निर्माण गरि सार्वजनिक पनि गर्दैछौं ।

जे होस् त्यहा पुगेर उनीहरुको अवस्था बुझ्न पाईयो । केही जानकारी पाईयो तर सम्पर्कमै रहलान् र दुख बिमार पर्दा समुदायकै लागि सूचनाको साधन बनोस् भनेर एकहप्ता चल्ने मोबाईल सेट दिएका थियौं । ’ भैरवी गाउँपालिका वडा नम्बर पाँचका वडाअध्यक्ष हेमलाल जैसी भन्छन्,‘बिभिन्न सँघसँस्थाहरुले राउटेहरुलाई धेरै राहत सामाग्री दिएर जान्छन् । तर यिनीहरुमा परिवर्तन पाईँदैन । फलस्वरुप राउटेहरु यसपाली पनि कठ्याँग्रिएर हिउँद काटिरहेका छन् ।

 

सरकारी स्तरबाटै यिनीहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याएर उनीहरुको जीवन शैलीलाई परिवर्तन गर्न सम्भव छ । उचित शिक्षा, दिक्षाको अभावमा राउटेहरु अस्तव्यस्तको कहालीलाग्दो जिवनयापन गरिरहेका छन् । यदि उनिहरुको जिवनस्तर उकास्न समय मै पहल गरिएन भने राउटेहरु सदाको लागि लोप भएर जाने निश्चित प्रायःछ । गाउँपालीकामा धेरै संघसंस्थाले राहत सामग्री दिएर जाने गरे पनि उनिहरुसम्म त्यो राहात सामग्री नपुग्ने गरेको राउटेहरुले हामीलाई गुनासो पनि सुनाए । भैरवी गाउँपालिकाको डोक्रा जंगलमा बस्दै आएका राउटेहरु यो भन्दा अघि दैलेखको लयाँटी बिन्द्रासैनीको खोला नजिक बसोबास गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group