ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रीको प्रस्ताव– ट्रायल दिन ड्राइभिङ स्कुलबाट पास भएको प्रमाणपत्र अनिवार्य


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   १२ : ३५   बजे

काठमाडौं ८ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक–फरक बनाउन अर्थ मन्त्रालयले नदिएको आरोप लगाएका छन् । आइतबार सिंहदरबारमा प्रदेशका यातायातमन्त्रीसँग छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सडक सुरक्षा र सार्वजनिक सडक ऐन अलग–अलग ‘ड्राफ्ट’ गरेर मन्त्रालयमा पठाइएको बताए । तर, अर्थले ‘मर्ज’ गरेर एउटै बनाएर पठाइदिएको उनको गुनसो छ ।

उनले सडक सुरक्षा ऐन अलग हुनुपर्ने दबाब आफूलाई आइरहेको उल्लेख गरे । यातायात मन्त्रालय सडक सुरक्षा ऐन अलग्गै बनाउनुपर्ने पक्षमा रहेको उनले बताए ।

“।।।विभिन्न देशको अनुभव पनि सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक–फरक छ,” उनले भने, “सडक सुरक्षा ऐन अलग्गै गराउने गरी प्रस्ताव पास गर्नुपर्छ । हामी अलग्गै बनाउनुपर्छ भन्ने पक्षमा छौँ ।”

मन्त्री ज्वालाले प्रदेशपिच्छे सवारी करको दर भिन्नभिन्न हुँदा समस्या उत्पन्न भएको भन्दै एकरूपतामा जोड दिए । उनले अपांगता भएका व्यक्तिलाई स्कुटर, टेम्पो र ईरिक्साको लाइसेन्स उपलब्ध गराउने विषयमा बढी ध्यान दिन जरुरी रहेको बताए ।

‘ह्याभीवेट’ सवारीसाधको ‘ट्रायल’ उत्तीर्ण गरिसकेपछि पुनः अन्तर्वार्ता दिने विषयको अन्त्य गर्नुपर्ने उनले उल्लेख गरे । उनले ‘सेटिङ’ मिलाएर हुने बद्मासी रोक्न जरुरी रहेको औँल्याए ।

मन्त्री ज्वालाले ड्राइभिङ स्कुलबाट प्रशिक्षण लिई ‘पास’ गरेको प्रमाणपत्र पेस गरेपछि मात्र ट्रायल दिन पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विदेशी चिकित्सकका प्रमाणपत्र फर्जी भेटिएपछि मेडिकल काउन्सिलद्वारा छानबिन

सरकार संसद्प्रति जवाफदेही बन्नुपर्छ : हर्क साम्पाङ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu