ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरजु राणा-सरकारले के–केलाई समाधान दिन्छ ? ठग्नेले नै बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   १ : ०९   बजे

काठमाडौं ८ माघ । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् ।

आइतबार समितिको बैठकमा उनले सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने विषय बाहिर आएको उल्लेख गरिन् । राज्यले नभएर रकम अपचलन गर्नेहरूले नै समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिइन् ।

उनले राज्यले सबै पीडितको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराउनुपर्ने बताइन् । सहकारी ठगी गर्ने समूहलाई बचतकर्ताको रकम फिर्ता गर्न लगाउने र नगरे कानुनबमोजिम कारबाही गर्न आवश्यक रहेको उनको धारणा छ ।

सहकारीपीडितको समस्या राज्यले समाधान गर्छ भनेर बस्न नहुने उनले बताइन् । उनले सहकारीको समस्या समाधान गर्न नीतिगत सुधारका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षणपत्र लेखिने जानकारी गराइन् । प्रधानमन्त्रीको तहबाट नै सहकारी समस्या समाधानको उपाय निकल्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।

“सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–केलाई समाधान दिन्छ रु जसले ठगेको छ, त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ,” उनले भनिन्, “सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षणपत्र लेख्नुपर्छ । त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन् । सहकारी ठगी र रकम हिनामिना मानिसहरूको जीवनसँग जोडिएको छ ।”

सहकारीमा भएका ठगी रोक्न कानुन सच्याउन आवश्यक रहेकामा उनले जोड दिइन् । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group