ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजगढ विमानस्थलको काम अघि नबढाएको भन्दै प्रधानमन्त्रीसँग माधव नेपाल रुष्ट


एबीसी न्यूज
१० माघ २०८०, बुधबार   १ : १६   बजे

काठमाडौं १० माघ । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादी का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त जनाएका छन् ।

अध्यक्ष नेपालले संसद् र संसदीय समितिले पटकपटक स्थलगत अवलोकन समेत गरेर अघि बढाउन भनिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै पनि अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले पनि आफूसँग सो विमानस्थलको शिलान्यास गर्ने भनी आफैँले गरेको प्रतिवद्धता हालसम्म पनि कार्यान्वयनमा नआएको उनको भनाइ छ ।

देउवा र दाहालले काम अघि बढाउने वचन दिए पनि लागु नगरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले त्यसलाई छिटो अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले निजगढ विमानस्थललाई अघि नबढाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले काम आवश्यक नै नभएको भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम गरेको आरोप समेत लगाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

३४ वर्षमा पनि बनेन दमक–चिसोपानी सडक, २६ किलोमिटर अझै कच्ची

वैदेशिक रोजगारीमा ठगी गर्नेविरुद्ध संसदीय छानबिन समिति बनाउन शाहीको माग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu