ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा निर्वाचन- दुवै गठबन्धनका नेताहरू विराटनगरमा केन्द्रित


एबीसी न्यूज
१० माघ २०८०, बुधबार   १ : ४३   बजे

काठमाडौं १० माघ । यही बिहीबार राष्ट्रिय सभाको १९ सिटका लागि निर्वाचन हुँदैछ। सातै प्रदेशका राजधानीलाई मतदान केन्द्र बनाएर निर्वाचन हुँदैछ।  सातै प्रदेशमा निर्वाचन भए पनि यसको खास रौनक कोशी प्रदेशको राजधानी विराटनगरमा छ।

यतिबेला संघीय राजधानी काठमाडौंबाट दलका नेताहरूको लर्को नै विराटनगरमा लागेको छ।  निर्वाचन आयोगले तोकेअनुसार निर्वाचनका लागि प्रचारको समय सकिएको छ। तर नेताहरूको काठमाडौंबाट विराटनगरसम्मको दौडधूप भने अझै जारी छ।

यतिबेला विराटनगरमा सत्तारुढ गठबन्धन एकातिर छ भने अर्कातिर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको गठबन्धन पनि मैदानमा छ।

राष्ट्रिय सभा निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका सत्तारुढ गठबन्धनका दर्जनबढी नेताहरूको मुकाम यतिबेला विराटनगर भएको छ।

कोशीमा हुने राष्ट्रिय सभाको निर्वाचनमा सत्तारुढभन्दा विपक्षी गठबन्धनको मत करिब ८ सय थोरै छ। तर पनि सत्ता गठबन्धनका नेताहरूले यस निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर विराटनगरमा अस्थायी डेरा बनाएका छन्।

सत्तारुढ गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई मैदानमा उतारेको छ। कांग्रेसका शीर्ष नेतामध्ये एक सिटौलाको भोट तलमाथि हुन नदिन महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा विराटनगरमा छन्।

उता कांग्रेसका नेता डा। शेखर कोइरालासहित अन्य दर्जनबढी नेता पनि विराटनगरमा छन्। निर्वाचन आयोगले तोकेअनुसार प्रचारको समय सकिइसकेको छ। तर नेताहरू आफ्नो पक्षका मतदातालाई दायाँबायाँ हुन नदिन खटेका छन्।

कोइराला निवासमा शेखर र अन्य नेताहरू

विराटनगरस्थित कोइराला निवासदेखि विभिन्न होटलहरूसमेतमा नेताहरूको आन्तरिक बैठक र जमघट जारी छ। कोइराला निवासमा त कांग्रेस नेता शेखर कोइरालाले बुधबार विशेष चियापान कार्यक्रम नै आयोजना गरे।

कोशीमा कांग्रेसबाट विद्रोह गरेर केदार कार्कीले सरकारको नेतृत्व गरिरहेका छन्। कांग्रेसमा केही विवाद कायमै रहेकाले नेताहरूलाई भोट तलमाथि हुने चिन्ता छ। त्यहीकारण शेखरले कांग्रेसका मतदातादेखि नेताहरूलाईसमेत कोइराला निवासमा जमघट गराएका हुन्।

कोशी प्रदेशमा दुई वटा सिटका लागि चुनाव हुँदैछ। सिटौलालाई गठबन्धनले अन्य क्लस्टरबाट उठाएको छ। नेताहरू सिटौलाको क्लस्टरमा बढी केन्द्रित छन्।

विपक्षी गठबन्धन नेकपा एमाले र राप्रपाका नेता पनि कोशी प्रदेश केन्द्रित छन्। एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरू पनि विराटनगर पुगिसकेका छन्।

एमालेले कोशीबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरूलाई विराटनगरकेन्द्रित गरेको छ। एमाले अध्यक्ष केपी ओली भने काठमाडौंमै छन्।

राप्रपाले पनि नेताहरूलाई विराटनगरमा खटाएको छ। राप्रपाका पुराना नेता उद्धव पौडेल सहयोगीसहित खटिएका छन्।

बिहीबार चुनाव हुने भएपछि स्थानीय र प्रदेशका जनप्रतिनिधि विराटनगर झर्दैछन्। एमालेबाट निर्वाचित सबै स्थानीय तहका जनप्रतिनिधि मंगलबारदेखि नै विराटनगरमा भेला भइरहेका छन्।

उता कांग्रेस र माओवादीका जनप्रतिनिधि पनि विराटनगर पुगिसकेका छन्। यसअघि गठबन्धनबाट उम्मेदवारी दिएका सिटौला सबै १४ जिल्ला पुगेर अहिले विराटनगरकेन्द्रित छन्।

एमाले महासचिव शंकर पोखरेल स्थानीय नेताहरूसँग

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group