ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए निर्वाचन विवाद छानबिन गर्न सरकारद्वारा समिति गठन


एबीसी न्यूज
१० माघ २०८०, बुधबार   ४ : २५   बजे

काठमाडौं १० माघ । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए०को निर्वाचन विवादको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन विवादका बारेमा छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन् ।

समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देश गरिएको छ ।

त्यस्तै, बैठकले धितोपत्र बजार सञ्चालन गर्ने संगठीत संस्थासम्बन्धी अध्ययन गर्न राष्ट्र बैंकका पूर्वडेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्य अध्ययन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्ले २०८० पुस मसान्तसम्म संकलन भएको राजस्व अनुपातका आधारमा तेश्रो किस्ता र २०८० चैत्र मसान्तसम्म संकलन हुने राजस्व अनुपातको आधारमा अन्तिम किस्ता वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।

बैठकले ऊर्जा मन्त्रालय तथा अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ भने नेपाल र कतार सरकारबीच प्रस्तावित कूटनीतिक तालिम र शिक्षासम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले रातो मन्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाग भैरवनाथ९विस्केट० जात्राको धार्मिक कार्यका लागि एक हजार ७८० घनफिट काठ गुठी संस्थानलाई उपलब्ध गराई वन पैदावारको रोयल्टी मिनाहा गर्ने र चलचित्रसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group