काठमार्डौ ११ माघ । मधेस प्रदेशमा बन्द गराउँदै हिँडका प्रभु साह नेतृत्वको आम जनता पार्टी आजपाका नेता–कार्यकर्ता पक्राउ परेका छन् । आजपाले आज मधेस बन्दको आह्वान गरेको छ ।
जनकपुरको रामाचन्द चोकबाट प्रहरीले आजपाका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता चन्दभूषण साहलगायत नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।
उपाध्यक्ष रीतादेवी साह, उपमहासचिव अरुण घिसिङलगायत नेता–कार्यकर्तालाई पक्राउ गरेर प्रदेश प्रहरी कार्यालयमा राखिएको पार्टीले जनाएको छ ।
रौतहटबाट पनि आजपाका कार्यकर्ता पक्राउ परेका छन् । मधेसका विभिन्न ठाउँबाट आजपाका ९३ जनालाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलले बताए ।
बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी एवं आमनागरिकलाई सहज कर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै आजपाले बन्दको आह्वान गरेको हो ।
प्रतिक्रिया दिनुहोस्