ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साविक उपविजेता इजिप्टलाई ‘सडन डेथ’मा हराउँदै कंगो क्वार्टरफाइनलमा


एबीसी न्यूज
१५ माघ २०८०, सोमबार   २ : ४३   बजे

काठमाडौं १५ माघ । साविक उपविजेता इजिप्टविरुद्ध ‘सडन डेथ’मा ८–७ को जित निकाल्दै कंगो अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति आइभोरी कोस्टको स्टाड डे सान पेड्रोमा भएको खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि कंगो पेनाल्टीमा विजयी भएको हो ।

पेनाल्टी सुटआउटमा सुरुआती पाँच पेनाल्टी ४–४ को बराबरीमा सकिएको थियो । सडन डेथमा इजिप्टबाट प्रहारका निम्ति आएका आठौँ खेलाडी गोल गर्न चुके ।

त्यसअघि, खेलको ३७औँ मिनेटमा मेसाक एलियाले गरेको गोलबाट कंगोले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा मोस्तफा मोहमेदले गोल गर्दै इजिप्टलाई खेलमा फर्काएका थिए ।

९७औँ मिनेटमा मोहमेद हम्दीले दोहोरो पहेँलो कार्डपछि रातो कार्डको दर्शन गर्दा इजिप्ट १० खेलाडीमा समेटिएको थियो ।

कंगोले अब सेमिफाइनल प्रवेशका लागि फेब्रुअरी ३ मा गिनीविरुद्ध खेल्नेछ । गिनीले आइतबार राति नै भएको खेलमा इक्वेटोरियल गिनीविरुद्ध १–० को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान निश्चित गरेको हो ।

गिनीको जितमा मोहमेद बायोले निर्णायक गोल गरे । बायोले खेलको इन्ज्युरी समयमा गोल गर्दै गिनीको जित निश्चित गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group