ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी पनि सरकारमा सहभागी हुन्छ – मन्त्री पण्डित


एबीसी न्यूज
४ फाल्गुन २०७४, शुक्रबार   ३ : ३८   बजे

काठमाडौं, ४  फागुन । नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले केही दिन दिनभित्रै माओवादी केन्द्र पनि सरकारमा सहभागी हुने बताउनुभएको छ ।

शुक्रबार एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने र त्यसमा माओवादी केन्द्र पनि सहभागी हुने बताउनु भएको हो । उहाँले भन्नुभयो,‘एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुन्छ, माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन्छ।’ उहाँले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकोले एकता पनि चाँडै नै घोषणा हुने बताउनुभयो ।

मन्त्री पण्डितले भन्नुभयो, ‘अहिले मन्त्रालयले लिएका नीतिहरु अध्ययन गर्न बाँकै नै छ, म विज्ञहरुसँग छलफल गर्छु, कार्यक्रमहरु बुझ्न बाँकी छ, त्यसैले म अहिले नै इतिश्री अभिव्यक्त गर्न सक्दिन् ।’
फरक प्रसँगमा उहाँले पार्टीभित्र सबै नेताहरुको उचित व्यवस्थापन हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमालेभित्र मात्रै होइन, अब त माओवादी पनि एउटै पार्टी हो, सबै नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज : चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

उपत्यकामा एकैदिन ५२ हजारभन्दा बढी ग्यास सिलिन्डर बिक्री, अभाव घट्दै गएको निगमको दाबी

सम्बन्धित

बेसार : भान्साको सामान्य मसला कि ‘चमत्कारी’ औषधि ? करक्युमिनबारे वैज्ञानिक प्रमाणले के भन्छ?

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, राष्ट्र बैंकले नयाँ विनिमयदर तोक्यो

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu