ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयरले नागरिकता दिलाएको प्रकरणमा प्रशासनले थाल्यो अनुसन्धान


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   ३ : ४५   बजे

काठमाडौं, २१ माघ । वीरगन्जका मेयर राजेशमान सिंहले झुटो विवरण पेश गरी हुँदै नभएको छोरीलाई बाबु बनेर नागरिकता दिलाएको विषयमा जिल्ला प्रहरी कार्यालयले समेत अनुसन्धान अगाडि बढाएको छ ।प्रहरीले जिल्ला प्रशासन कार्यालयलाई नागरिकता लिँदा पेश गरिएको अनुसूची फारम सहितका कागजातहरु पठाउन पत्राचार गरिसकेको छ । वीरगन्ज महानगरपालिका– ३ निवासी लियाकत अलीले रुबीना श्रेष्ठ र राजेशमान सिंह विरुद्धमा भुठा विवरण पेश गरी नागरिकता र राहदानी लिएको कसूरमा जाहेरी दिएका थिए ।प्रहरीले प्रशासन कार्यालयबाट २०७५ साउन १३ मा रुबीना श्रेष्ठको नाममा जारी भएको ३४–०१–७५–०४८४७ नम्बरको नेपाली नागरिकताको प्रमाण पत्रको छायाँकपी प्रहरीले माग गरेको छ ।यसको साथै नागरिकताको प्रमाण पत्र लिदा पेश गरेको अनुसूची फारम लगायत सो सम्बन्धित सम्पूर्ण कागजातहरुको आवश्यकता परेको हुँदा कार्यालयमा पठाउन पत्राचार गरिएको छ । रुबीनाले २०७९ साउन २४ मा ११०३९६१७ नम्बरको राहदानी लिँदा पेश गरेको आवेदन फारम तथा सो सँग सम्बन्धित सम्पूर्ण कागजात समेत माग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्रहरी उपरिक्षक कोमल शाहले जाहेरी दरखास्त आएपछि अनुसन्धानका लागि नागरिकतासँग सम्बन्धित कागजात प्रशासन कार्यालयबाट माग गरिएको बताए ।

‘नागरिकता सम्बन्धी कागजात माग गरेका छौँ,’ एसपी शाहले भने, ‘अनुसूची लगायतका फारम आएपछि अनुसन्धान थप अगाडि बढ्छ । ’ प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मेयर राजेशमान सिंहमाथि परेको जाहेरीमा अनुसन्धान भइरहेको बताए । ‘मेयरको नागरिकता प्रकरणमा अन्य निकायले पनि आ– आफ्नो तरिकाले अनुसन्धान गरेका छन्,’ प्रजिअ भुसालले भने, ‘प्रहरीले अनुसूचि लगायतको कागजात माग गरेको छ ।’ झूठो विवरण पेश गरेर अरुको छोरीलाई आफ्नो नामले नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा गत पुस २४ मा जाहेरी परेको थियो ।आफ्नो दाम्पत्य जीवनबाट सन्तानको रुपमा एकजना मात्र छोरा भएकाले वीरगन्जका मेयर राजेशमान सिंहले एक किशोरीलाई वंशजको नागरिकता दिलाएको आरोपले अहिले चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group