ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेटा (फेसबुक)को शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   ५ : २३   बजे

काठमाडौं, २१ माघ । फेसबुकको प्यारेन्ट कम्पनी मेटाको शेयर मूल्यमा शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०‍।३ प्रतिशतले वृद्धि भएको छ । यो वालस्ट्रिट अर्थात अमेरिकी शेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठूलो शेयर मूल्य उछाल हो ।

मेटा फेसबुकको शेयर मूल्य एकै दिनमा झन्डै दुई खर्ब डलरले बढ्यो
यो शेयर उछालसँगै मेटा कम्पनीको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । मेटा विश्वकै सातौँ मूल्यवान कम्पनी बन्न पुगेको छ । मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यहरूको चौथो स्थानमा उक्लिएका छन् ।

 

शुक्रबार कारोबारका क्रममा प्रतिशेयर ४८५ डलरसम्म पुगेको मेटाको शेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलर रहेको थियो । ३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड(१९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यतिबेला मेटाको शेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो ।

प्रविधि बजार विश्लेषकहरूले मेटाको लाभांश बाँड्ने कदमलाई परिपक्वताको संज्ञा दिएका छन् । आइतबार मात्रै फेसबुक स्थापनाको झन्डै २० वर्ष पुगेको छ । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरूमा बढ्दो सफल प्रयोग, एक्स लगायत प्रतिस्पर्धी कम्पनीहरूको विज्ञापन बजारमा थपिँदो समस्यालगायतका कारण मेटाको सफलता बढेको अनुमान गरिएको छ ।

वर्ष २०२२ मा आफ्नो बजार मूल्य झन्डै ६५ प्रतिशतले गुमाएर संघर्षरत रहेको मेटाले वर्ष २०२३ भरिमा आफ्नो मूल्य झन्डै १८५ प्रतिशतले बढाउन सफल भएको छ । लगभग २२ हजार कर्मचारीहरूलाई अवकास दिने र बजार मूल्य सुहाउँदा उत्पादनहरूमा पनि लगानी बढाउनेजस्ता कदमले कम्पनीलाई फाइदा पुगेको देखिन्छ ।

हालै मात्र मेटाले आर्थिक वर्ष २०२२ को चौथो त्रैमासिकको तुलनामा आव २०२३ को सोही अवधिमा कम्पनीको आम्दानी झन्डै २५ प्रतिशतले बढेको घोषणा गरेको थियो । योसँगै आफ्ना लगानीकर्ताहरूलाई कम्पनीको इतिहासमै पहिलोपटक प्रतिशेयर ५० सेन्ट लाभांश दिने पनि बताएको थियो ।

सुधारिएर लयमा फर्किँदो अनलाइन विज्ञापनको बजार र प्रविधि लगानीमा बढ्दो उत्साहले चौथो त्रैमासिकमा झन्डै ४० अर्ब डलरभन्दा बढी आम्दानी गरेको मेटाको खुद आम्दानी झन्डै ३ गुणाले बढेको पनि कम्पनीले जनाएको छ ।

पछिल्लो लाभांश घोषणाकै स्थिति कायम रहे फेसबुक संस्थापक मार्क जुकरबर्गले वार्षिक झन्डै ७० करोड अमेरिकी डलर लाभांशबापत मात्रै आम्दानी गर्नेछन् । कम्पनीले पहिलो लाभांशको रूपमा सवा एक अर्ब डलर वितरण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group