ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र कतारबीच ७८ अर्ब डलर बराबरको ग्याँस खरिदबिक्री सम्झौता


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   ३ : २९   बजे

काठमार्डौ, २४ माघ ।  भारत र कतारबीच लिक्विफाइड नेचुरल ग्याँस एलएनजी० खरिदबिक्री सम्झौता भएको छ । यो खरिदबिक्री सम्झौता ७८ अर्ब डलर बराबरको छ । सम्झौता अनुसार भारतले कतारबाट २० वर्षसम्म अर्थात् सन् २०४८ सम्म एलएनजी ग्याँस किन्ने छ ।

यो प्राकृतिक ग्याँस बिजुली बाल्न, मल बनाउन र कम्प्रेस्ड नेचुरल ग्याँस सीएनजी०मा बदल्न उपयोग गरिन्छ । पेट्रोल र डिजेलको तुलनामा प्राकृतिक ग्याँसलाई अधिक स्वच्छ विकल्प मानिन्छ । यो कच्चा तेलको तुलनामा सस्तो पनि छ ।

भारतको गोवामा जारी इण्डिया इनर्जी विक २०२४ को पहिलो दिनमै भारतमा सबैभन्दा धेरै एलएनजी आयात गर्ने कम्पनी पेट्रोनेट एलएनजी लिमिटेड ९पीएलएल० र कतारको सरकारी कम्पनी कतार इन्र्जीका प्रतिनिधिहरुले मंगलबार सम्झौतामा हस्ताक्षर गरेका छन् । मंगलबार भएको यो सम्झौताअनुसार कतारले भारतमा हरेक वर्ष ७।५ मिलियन टन ग्याँस निर्यात गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पेट्रोनेटका अनुसार यसअघि उसले कतारसँग सन् १९९९ मा एलएनजी खरिद गर्ने सम्झौता गरेको थियो । त्यो सम्झौताको अवधि सन् २०२८ सम्म छ । तर चार वर्ष बाँकी छँदै त्यसलाई लम्ब्याएर सन् २०४८ सम्म कायम गरिएको बीबीसी हिन्दीले जनाएको छ ।

बीबीसीका अनुसार कतारले विश्वमै सबैभन्दा धेरै एलएनजी ग्याँस निर्यात गर्दछ । उसले हालै अमेरिकालाई पनि पछि पारेको छ । कतारले हरेक वर्ष ७७ एमटीपीए ग्याँस निकाल्छ । कतारले सन् २०२७ सम्म १२६ एमटीपीए पुर्याउन चाहेको छ, ताकि अमेरिका घुस्न खोजेको एशिया र युरोपको बजारमा आफ्नो पकड मजबुत बनाउन सकियोस् । त्यसैले भारत र कतारबीच भएको यो सम्झौतालाई महत्वपूर्ण मानिएको छ ।

भारतले सन् २०२२÷२३ मा १९।८५ मिलियन टन एलएनजी आयात गरेको थियो । त्यसमध्ये ५४ प्रतिशत अर्थात् १०।७४ मिलियन टन कतारबाट आयात भएको रेकर्ड छ ।

भारत विश्वको तेस्रो ठूलो ऊर्जा उपभोक्ता देश हो । उसले सन् २०७० सम्म कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्य राखेको छ, जसमा प्राकृतिक ग्याँसको अहम भूमिका छ ।

सोही लक्ष्य अन्तर्गत भारतले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली आयात गर्ने सम्झौता समेत गरेको छ ।

२०७६ सालमा नेपाल सरकारले भारतको गोरखपुरदेखि रुपन्देहीसम्म एलएनजी ग्याँस आपूर्तिका लागि पाइपलाइन बिच्छ्याइदिन प्रस्ताव गरेको थियो । २०७६ पुस २७ र २८ गते भारतको राजधानी नयाँदिल्लीमा भएको पेट्रोलियम तथा प्राकृतिक ग्याँससम्बन्धी ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले उक्त प्रस्ताव गरेको थियो । भारतीय पक्षले त्यसको विस्तृत प्रस्ताव माग गरेको थियो । तर त्यसमा केही प्रगति नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group