ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री बस्नेत- मानसिक रोग नेपालमा चुनौती बन्दैछ


एबीसी न्यूज
२५ माघ २०८०, बिहिबार   ३ : ०९   बजे

काठमाडौं, २५ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीवार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए ।

उनले भने, ‘मानसिक रोगको बारेमा हामीले कुरा गर्दा, नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न थालेको छ । यो अवस्थामा हामी सबैलाई चुनौती नै भइसकेको छ मानसिक रोग । बच्चाहरुमा पनि त्यस्तै अवस्था शुरु भएको छ ।

यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरु सहभागीहरुलाई जुटाएर जुन किसिमले किशोर किशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ । यो प्रशंसा गरेर मात्रै पुग्दैन । यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भुमिका निर्वाह गर्नुपर्छ ।’

उनले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए । उनले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताए । मन्त्री बस्नेतले मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताए ।
‘सबैसँग सल्लाह र सहकार्य गरेर सेवा बिस्तार गरेर अघि बढ्न मन्त्रालय तयार छ ।

मानसिक रोग व्यापक रुपमा संसारभर बढेको छ । नेपालमा कुरा गरी साध्य छैन’ मन्त्री बस्नेतले भने, ‘मानसिक रोगी किन बढिरहेका छन् रु भन्ने कुरा अध्ययन गर्न जरुरी छ । आवश्यक परे कानुन पनि बनाउन जरुरी छ ।

अहिले संसदमा कानुन बनाउने पनि बेला भयो । यसमा कानुन नै बनाएर व्यवस्थित गर्नसके लागौँ । सहयोग गर्न तयार छौँ । मानसिक रोगीहरु बढ्नुको कारण पत्ता लगाउन जरुरी छ ।’
मन्त्री बस्नेतले मानसिक रोगको निवारणका लागि आवश्यक परे कानून समेत बनाएर अघि बढ्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group