ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डले बनाएका मुलुकका ७ प्रधानमन्त्रीहरु


एबीसी न्यूज
५ फाल्गुन २०७४, शनिबार   १० : ०१   बजे

काठमाडौं, ५ फागुन ।  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेपाली राजनीतिका एक गतिशील र डाइनामीक नेता हुन् । राजनेताको रपमा स्थापित हुदै गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २०५२ सालमा शुरु भएको शसस्त्र जनयुद्धका कमाण्ड मात्रै होइन जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्दै गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत बनेका नेता हुन् । २०६३ सालमा शान्ति वार्तामार्फत शान्ति प्रक्रियामा प्रवेश गरेयता प्रचण्ड नेपालको राजनीतिका किंग मेकर बनेका छन् ।

प्रचण्ड शान्ति वार्तामा आउँदा शान्ति सम्झौतामा हस्ताक्षर गरी मूलुकमा शाति स्थापना गर्ने कार्यको प्रमूख २ हस्ताक्षरकर्तामध्ये प्रचण्ड मात्रै एक जीवित नेता हुन् । उनका समकक्षी कांग्रेस सभापति गिरीजाप्रसाद कोइराला अहिले छैनन् । प्रचण्डले शान्ति वर्ता गरेकै कारण गिरीजाले अन्तिम पटक प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए । गिरीजाले प्रचण्डलाई अबको मूलुकको कार्यभार सम्हाल्नुपर्छ भनेका कुरा प्रचण्डले बारम्बार सम्झिरहन्छन् । गिरीजापछि नेपालको राजनीति प्रचण्डकै मियोमा घुमिरहेको देखिन्छ ।

प्रचण्ड आफू प्रधानमनत्री हुँदा राजनीतिको उच्च नैतिकता प्रदर्शन गर्दे प्रधानमन्त्री जस्तो पद परित्याग गर्ने नेता मात्रैमा सिमित भएनन् उनले निर्वाचनमा २ स्थानबाट पराजित भएका एमाले नेता माधव कुमार नेपाललाई संविधानसभाको सभासद बनाउने भूमिका खेले । पछि तीनै माधव नेपाल प्रचण्डको बहिर्गमनपछि नेपालको प्रधानमन्त्री बने ।

त्यसैगरी प्रचण्ड नेपालका नेताहरुलाई प्रधानमन्त्री बनाउने सक्षम नेताको रुपमा पनि परिचय बनाएका छन् । उनले अर्का एमाले नेता तथा तत्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको प्रस्ताव गरे र बनाइछाडे । खनाल प्रचण्डको सहयोग र प्रस्ताव विना प्रधानमन्त्री बन्ने स्थिति थिएन । त्यस्तै डा बाबुराम भट्टराई र खिलराज रेग्मी पनि प्रचण्डकै प्रस्ताव वा योजनामा प्रधानमन्त्री बनेका हुन् यदि प्रचण्ड नचाहेको भए त्यो पनि संभव थिएन ।

त्यसैगरी प्रचण्डको सहयोग र प्रस्तावमा प्रधानमन्त्री बन्ने अवसर पाएका अर्का नेता हुन् तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई । उनी अहिले माओवादी परित्याग गरी नयाँ शत्ति नेपालको संयोजक बनेका छन् र अहिले गोर्खा क्षेत्र नं २ बाट सांसद बनेका छन् । प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का नेता हुन् एमाले अध्यक्ष के पी शर्मा ओली । ओलीलाई प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका थिए । अहिले पनि ओलीलाई प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री बन्न अवसर जुरेको छ । ओली र प्रचण्ड दुबै जना अहिले बाम गठबन्धनका प्रमूख नेताको रुपमा खडा भएका छन् ।

ओली दोश्रो पटक नेपालको सर्वोच्च पद प्रधानमन्त्रीमा नियुक्त भएका छन् । त्यसैगरी प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का पात्र वा नेता हुन् कांग्रेस सभापति शेर बहादुर देउवा । प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी प्रधानमन्त्रीबाट हटाएर फेरी आफ्नै प्रस्तावमा कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज : चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

उपत्यकामा एकैदिन ५२ हजारभन्दा बढी ग्यास सिलिन्डर बिक्री, अभाव घट्दै गएको निगमको दाबी

सम्बन्धित

बेसार : भान्साको सामान्य मसला कि ‘चमत्कारी’ औषधि ? करक्युमिनबारे वैज्ञानिक प्रमाणले के भन्छ?

डलरसहित अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, राष्ट्र बैंकले नयाँ विनिमयदर तोक्यो

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न निकायका रिक्त पदका लागि आवेदन आह्वान

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु, ५८ जनामा संक्रमण पुष्टि

‘मेरो अनुहारका कारण भोट आएन भने मलाई हराएर नेतृत्व लिनुस्’ : गगन थापा

उपत्यकाका सडकमा तार व्यवस्थापन अभियान तीव्र, बन्डलिङ भए पनि ट्यागिङ र फिनिसिङमा समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu