ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा समाजवाद ल्याउन नेता र जनता कस्तो हुनुपर्छ ? यस्तो छ चे ग्वेभाराकी छोरीको सुझाव


एबीसी न्यूज
४ फाल्गुन २०८०, शुक्रबार   २ : ४०   बजे

काठमाडौं ४ फागुन । धेरै नेपालीले मन पराउने विश्व चर्चित क्रान्तिकारी योद्धा चे ग्वेभाराकी छोरी डा।अलिदा ग्वेभारा अहिले काठमाडौंमा छिन् । विश्व सामाजिक मञ्चको कार्यक्रममा सहभागी हुन् काठमाडौं आएकी उनी शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै एक कार्यक्रममा भेटिइन् ।

एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको समाजवादको सम्भावनाका बारे विचार मन्थन कार्यक्रममा प्यानलिस्टका रुपमा सहभागी ग्वेभाराले समाजवाद किन चाहिन्छ र क्युबा कसरी विश्वमा टिकेको छ भन्नेबारे व्याख्या गरिन् ।

उनले एउटा नेता कस्तो हुनुपर्छ भन्दै जनताको आवाज सुन्ने र देशको हितको सन्दर्भमा कसैसँग नझुक्ने व्यक्तिले नै राष्ट्रको नेतृत्व गर्ने र उसकै नेतृत्वमा समाजवाद स्थापना हुने बताइन् । क्युबाली क्रान्तिका नायक चे ग्वेभारा संसारमा समाजवाद स्थापनाको लागि गुरिल्ला लडाइँ लड्ने क्रममा अमेरिकाद्वारा मारिएका थिए ।

उनै चे ग्वेभाराकी छोरीको समाजवादबारे धारणा यस्तो छ

समाजवादबारे छलफल गर्न यो धेरै कम समय हो । कम्तीमा तीन दिन आवश्यक हुन्छ । तर पनि छोटो समयमा म छोटो समयमा सारांशमा कुरा गर्नेछु ।

समाजवादको आधारभूत मान्यता देशको उत्पादनको मालिक जनता हुनुपर्छ भन्ने हो । जमिन कसैको पनि व्यापार हुनुहुन्न, यो त जनताको अधिकारको विषय हो । त्यसैले प्रत्येक देशमा जनताको बीचमा परिवर्तन ल्याउन जरुरी छ । जनता स्वतन्त्र हुन राज्य स्वतन्त्र हुन जरुरी छ ।

सचेत जनताले देशको रक्षा गर्छन् । त्यसैकारण सचेत जनता बनाउन सबै राष्ट्रमा जनतालाई दिने शिक्षा स्वतन्त्र र निःशुल्क हुन जरुरी छ । सचेत जनतालाई मात्र कसैले पनि ठग्न सक्दैन, ठगीबाट बच्न जनतालाई शिक्षित र सचेत बनाउन जरुरी छ ।

अर्को पक्षमा देश विकासको लागि जनतालाई स्वस्थ बनाउन जरुरी छ । त्यसैले सबै जनताको लागि स्वास्थ्य र शिक्षा निःशुल्क रुपमा व्यवस्थित गरिनुपर्छ । त्यसको लागि राष्ट्रमा अवश्य रुपमा आर्थिक सबल अवस्था र पैसा जरुरी छ । शिक्षा र स्वास्थ्य जनतालाई निःशुल्क गर्न हामीले गरेको चिजमा हाम्रो अधिकार हुनुपर्छ, त्यसमा कसैको व्यापार हुनुहुन्न । यी कुराहरु मानव जीवनका लागि अति आवश्यक छन् ।

शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास, जहाँ हाम्रा जनताको लागि रात बिताउन एउटा घर होस् । त्यही भएर सबै जनताले आफ्नो राष्ट्रमा आफैं उत्पादनमा सहभागी हुनुपर्छ । सबै जनतामा आफूले क्षमतावान भई काम गर्न क्षमताको विकास गर्न जरुरी छ ।

जब हामी यी परिवर्तन गर्न खोज्छौं, अवश्य पनि धेरै कठिनाइ आउँछन् । यो सम्पूर्ण देशहरुमा भएको कानूनमा आधारित कुरा पनि हो । यदि हामीले हाम्रो ऐन(कानूनमा रहेका कमजोरी हटाएर अघि नबढ्ने हो भने यस्तो परिर्वतनको अपेक्षा असम्भव छ । अरु पनि यस्तै गम्भीर समस्याहरु छन् ।

महिलाको सक्रिय सहभागिताविना कुनै पनि क्रान्ति सफल हुँदैन । किनभने महिला वर्ग भनेको आफ्नो क्षेत्रको लागिमात्र लड्ने होइनन् । महिला वर्ग भनेको समाजको परिवर्तनको लागि लड्ने र भविष्यको सन्तानको लागि पनि लड्ने प्राणी हुन् । त्यही भएर समाजवादी राष्ट्र स्थापनाको लागि महिला र पुरुष समान रुपमा अघि बढ्नुपर्छ र बराबरी हक अधिकार पाउनुपर्छ ।

हामी सोच्न सक्छौं, हाम्रो आर्थिक अवस्थालाई छिटो परिवर्तन कसरी गर्ने रु तर, आर्थिक अवस्थालाई परिवर्तन गर्ने निहुँमा आफ्नो देशको शीर झुकाउने विचार ल्यायौं भने त्यसले लामो परिवर्तनको बाटो लिँदैन । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा जनतालाई शिक्षित गर्ने, सांस्कृतिक परम्परालाई पनि अंगीकार गर्दै विचार परिवर्तन गर्नु महत्वपूर्ण कुरा हो ।

मेरो व्यक्तिगत अनुभव तपाईंहरुसँग शेयर गर्न चाहन्छु । महिलाको सक्रिय सहभागिताविना कुनै पनि क्रान्ति सफल हुँदैन । किनभने महिला वर्ग भनेको आफ्नो क्षेत्रको लागिमात्र लड्ने होइनन् । महिला वर्ग भनेको समाजको परिवर्तनको लागि लड्ने र भविष्यको सन्तानको लागि पनि लड्ने प्राणी हुन् । त्यही भएर समाजवादी राष्ट्र स्थापनाको लागि महिला र पुरुष समान रुपमा अघि बढ्नुपर्छ र बराबरी हक अधिकार पाउनुपर्छ ।

एउटा क्रान्तिकारी नेताले देशमा परिवर्तनको लागि समाज र राष्ट्रको लागि संस्कृति र नैतिकतालाई बिर्सनु हुँदैन । धेरैभन्दा धेरै समय कतिपय समस्या नेताको कारणमा मात्र नभएर जनताको र समाजको परिवारको कारण पनि उत्पन्न हुन्छन् ।

मेरो बुबा चे ग्वेभाराले भन्नुहुन्थ्यो, जब म मेरो छोरालाई जुत्ता लगाइदिने कुरा सोच्छु, त्यसबेला भ्रष्टाचारको सोच आउँछ । सबै जनताले जुत्ता लगाउने कुरा सोच्नुपर्छ । यो विचार नयाँ पुस्ताको लागि एकदमै सिकाउन जरुरी छ । कुनै पनि नेतालाई भगवान जस्तै मान्नुभन्दा पनि हामी सबै मानव जस्तै ठानियो भने त्यहाँ समानता हुन्छ ।

यदि अहिलेको युगमा समाजका युवा वर्गले समाजवादलाई रामो दृष्टिले हेरेको छैन भने जान्नुपर्छ कि हामीले युवालाई रामोसँग शिक्षित बनाउन सकेका छैनौं । यो एकदम महत्वपूर्ण विषय हो कि अहिलेको युवालाई समाजवादबारे कसले र कसरी नेतृत्व गरेको छ भन्ने शिक्षित गर्न जरुरी छ ।

मेरो बुबा चे ग्वेभाराले भन्नुहुन्थ्यो, जब म मेरो छोरालाई जुत्ता लगाइदिने कुरा सोच्छु, त्यसबेला भ्रष्टाचारको सोच आउँछ । सबै जनताले जुत्ता लगाउने कुरा सोच्नुपर्छ । यो विचार नयाँ पुस्ताको लागि एकदमै सिकाउन जरुरी छ । कुनै पनि नेतालाई भगवान जस्तै मान्नुभन्दा पनि हामी सबै मानव जस्तै ठानियो भने त्यहाँ समानता हुन्छ ।

कुनै पनि नेताले हाम्रो समाजमा रहेका युवालाई कुनै पनि कुरामा बाध्य बनाउन उचित हुन्न । त्यो कामको लागि सक्षम छैन भने बाध्य पार्न हुन्न । मेरो बुबा भन्नुहुन्थ्यो, अरुलाई जबरजस्ती धकेल्न हुन्न । देश विकास र समाजवाद स्थापनाका लागि बलियो जनता चाहिन्छ ।
जनता एकजुट भएमा मात्र त्यो ऊर्जा शक्ति प्राप्त गर्न सक्छौं । क्युबामा नेपालको तुलनामा धेरै जनता छन् । तर, क्युबामा नेपालमा भन्दा थोरै क्षेत्रमा पनि धेरै उत्पादन गर्ने क्षेत्र विकास भएको छ । पहिलेदेखि अहिलेसम्म क्युबाको क्रान्ति निरन्तर अघि बढिरहेको छ । आर्थिक रुपमा नाकाबन्दी भए पनि देश स्थिर र सक्षम भएर बसेको छ ।

क्युबाको अवस्था अहिले पनि गाह्रो नै छ । तर, कसैले पनि क्युबा र क्युबाली जनतालाई हेप्न सक्दैन । किनभने क्युबाली जनता एकजुट छन् । क्युबाका धेरैभन्दा धेरै भूभागमा सबै जनता एकापसमा एकजुट भएर आफूले गर्ने काममा क्षमताका साथ लागेका छन् । समाजवाद पूर्ण भएको छैन । तर, क्युबामा समाजवाद विकास भइरहेको छ ।

दिनानुदिन सबैले आफ्ना कमजोरी औंल्याएर आफैं सुधार्ने कोसिस गर्दैछन् । त्यही भएर जनताको एकता सबैभन्दा महत्वपूर्ण विषय हो । अनि हाम्रो आफ्नो नेतृत्वलाई गर्नुपर्ने आदर पनि उत्तिकै महत्वपूर्ण छ । वास्तवमै यो कुरा सत्य हो, समाजवाद हाम्रो भविष्यको लागि महत्वपूर्ण विषय हो । त्यसैले जब हामी समाजवादको कुरा गर्छौं, के हो समाजवाद भनेर देखाउन जरुरी छ ।

क्युबामा नेपालको तुलनामा धेरै जनता छन् । तर, क्युबामा नेपालमा भन्दा थोरै क्षेत्रमा पनि धेरै उत्पादन गर्ने क्षेत्र विकास भएको छ । पहिलेदेखि अहिलेसम्म क्युबाको क्रान्ति निरन्तर अघि बढिरहेको छ । आर्थिक रुपमा नाकाबन्दी भए पनि देश स्थिर र सक्षम भएर बसेको छ ।

यदि तपाईं हामी कोही खेतमा काम गर्ने किसानसँग समाजवादको कुरा गर्दैछौं भने उसले काम गर्ने धर्तीको महत्वबारे कुरा गर्नुपर्छ । यदि तपाईं लिडरको हिसाबले समाजवादको कुरा गर्दै हुनुहुन्छ भने सधैं आफ्ना जनताको पक्षमा हुनुपर्छ । यदि किसानबाट आफ्नो खेत छिन्यो भने, कुनै कर्मचारीलाई आफ्नो कामबाट निकाल्यो भने त्यहाँ उनीहरुसँग हुन जरुरी छ, क्रान्तिकारी नेतृत्व समाजवादको लागि ।

यदि वास्तवमा हामीले जनतासँग परिवर्तनको अपेक्षा राख्ने हो भने यही जनतालाई नेतृत्वको हिसाबले देखाउन जरुरी छ, किन समाजवाद आवश्यकता छ भनेर । वास्तवमै समाजवाद ल्याउनु त्यति सजिलो विषय होइन । तर, केही कुरा चाहिँ म भन्नसक्छु । समाजवाद जरुरी छ । किनभने संसारमा मानव जातिलाई स्वतन्त्र रुपमा बाँच्न दिने हो भने । त्यही भएर आजदेखि नै काम गर्न थालौं ।

यी सबै कामको लागि सबै जनाको लागि एउटै उद्देश्य र मिसनका साथ अघि बढ्न एउटा कम्युनिष्ट पार्टी आवश्यक पर्छ । विभिन्न पार्टीहरुको नाम फरक भएर केही फरक पर्दैन । तर, उद्देश्य साझा हुन जरुरी छ । मुख्य उद्देश्य भनेको हाम्रा जनताको स्वास्थ्य, शिक्षा ठीक हुनु नै सबै पार्टीको साझा उद्देश्य हुन जरुरी छ । जनताको राम्रो जीवनयापनको लागि सबै नेतृत्वले साझा उद्देश्य लिएर अघि बढ्नुपर्छ । सबै जना त्यही बाटोमा हिँडौं, समाजवाद आउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu