ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँमा ११ भारतीयलाई बन्धक बनाएको आरोपमा ८ भारतीय र २ नेपाली पक्राउ


एबीसी न्यूज
४ फाल्गुन २०८०, शुक्रबार   ३ : ०२   बजे

काठमाडौं ४ फागुन ।  काठमाडौँमा ११ जना भारतीय नागरिकलाई बन्धक बनाई राखेको आरोपमा प्रहरीले २ नेपालीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

गौशालास्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई बुधबार राति उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई बन्धक बनाएको आरोपमा ८ जना भारतीय नै र २ जना नेपाली नागरिकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

गौशालास्थित एक घरमा केही भारतीयले घर भाडामा लिई गैरकानुनी रूपमा भारतीय नागरिकहरूलाई नै बन्धक बनाई राखेको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ र वृत्त गौशालाको संयुक्त टोली उक्त घरमा प्रवेश गरी खानतलासी गर्दा ११ भारतीय नागरिकलाई बन्धक बनाई जोखिमपूर्ण अवस्थामा राखिएको पाइएको थियो। उनीहरूलाई अमेरिका लाने आश्वासन दिएर बन्धक बनाइएको पाइएको प्रहरीको दाबी छ।

उनीहरूलाई सकुशल उद्धार गरी घटनामा संलग्न आरोपमा प्रहरीले भारत मध्यप्रदेश राजगढ, निवानिया स्थायी ठेगाना भएका वर्ष ५८ का इन्दुसिंह यादव, भारत नयाँ दिल्ली ताराचन्द्र कोलोनी, महिपुर स्थायी ठेगाना वर्ष ५४ का अब्दुल रहिम, भारत नयाँ दिल्ली, विष्‍णु गार्डेन, आरजेड–२९० वतन भएका ४२ वर्षीय चरणजित सिंह, भारतकै लुधियाना पञ्‍जाब वतन भएका वर्ष नखुलेका अशोककुमार, भारतको लुधियाना, टिब्बा रोड पन्जाब स्थायी वतन भएका वर्ष ४७ का मनीषकुमार मलहोत्रा, भारतको मध्यप्रदेश राजगढ स्थायी ठेगानाका ३० वर्षीय रवि मेवाडे, भारतको राजस्थान, चुरु वतन भएका वर्ष ४८ का रामचन्द्र शर्मा र भारतको लुधियाना जनकपुरी पन्जाब घर भई हाल काठमाडौँको नरदेवी बस्ने वर्ष ५१ का निपुन गुप्‍तालाई पक्राउ गरेको हो।

साथै सोही आरोपमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ५, बिजुली अफिस ठेगाना भएका ५२ वर्षीय मोहम्मद साविर मियाँ र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर, स्थायी ठेगाना भई हाल काठमाडौँको माकलबारी बस्ने ३० वर्षीय लक्ष्मण गिरीलाई पनि प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

साथै उनीहरूको साथबाट पीडितहरूका पासपोर्ट, विभिन्न देशका मुद्रा, विभिन्न एयरलाइन्सका नक्कली बोर्डिङ पास, ल्यापटपहरू, नक्कली रबर स्ट्याम्पहरू र कैँची, पेपर कटरलगायत सरसामान पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ। शारीरिक यातना दिन प्रयोग हुने पाइप पनि बरामद गरिएको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group