ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्घाखाँचीमा आजदेखि दादुरा–रुबेला खोप लगाउन सुरु


एबीसी न्यूज
१३ फाल्गुन २०८०, आइतबार   १ : ०८   बजे

अर्घाखाँची, १३ फागुन । अर्घाखाँचीमा आजदेखि दादुरा रुबेला रोग विरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाका ६ वटै स्थानीयमा आजदेखि दादुरा रुबेला खोप लगाइदै छ । दादुरा–रुबेला खोप अभियानको सन्धिखर्क नगरपालिका वडा नं. १ मा रहेको बालमन्दिर खोप केन्द्रबाट बालबालिकालाई खोप लगाई सुभारम्भ गरिएको छ । जिल्लामा ३३१ खोपकेन्द्रबाट ९ महिनादेखि ५ वर्ष मुनिका १२ हजार ८ सय १० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले जानकारी दिए ।

उनले अनुसार यो अभियानमा छुट भएका नियमित खोप पनि लगाइने भएकाले खोप कार्ड लिएर खोप केन्द्रमा जान आग्रह गरेका छन् । ‘दादुरा रुबेला खोप अभियान अर्घाखाँचीमा आजदेखि फागुन १७ गतेसम्म चल्दै छ,’ उनले भने ‘यस अभियान छुट भएका नियमित खोप पनि लगाइने भएकाले खोप कार्ड लिएर जानुहोला, नियमित खोप लगाएकाले पनि यो खोप लगाउनुपर्छ ।’ यस्तै सुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले यस अभियानमा खोप लगाउनबाट कोही पनि छुट्न नहुने बताएका छन् ।

कोइरालाले दादुरा रुबेला रोग सरुवा रोग र छिट्टै एक जनाबाट धेरै जनामा सरी महामारिको रुप समेत लिन सक्ने भएकाले खोप अनिवार्य लगाउन आग्रह गरेका छन् । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, जिल्ला समन्वय अधिकारी, तिनवटै सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुखहरु, स्वास्थ्यकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाको अध्यक्षता र स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group