ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करीमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङ पक्राउ


एबीसी न्यूज
१४ फाल्गुन २०८०, सोमबार   १ : १७   बजे

काठमाडौं १४ फागुन । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी० को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन  ।

२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

ब्युरोका एक अधिकृतले गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको बताए । यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अधिकृतहरुको भनाइ छ ।

गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने अधिकृतहरु बताउँछन् । उनको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहेको अधिकृतहरु बताउँछन् ।

यसरी समातिएको थियो सुन

तत्कालीन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले विशेष सूचनाका आधारमा २१ मंसिरमा मध्यराति ११ः४० बजे फ्लाई दुबईको विमानबाट चन्द्र घलेलाई नियन्त्रणमा लिएका थिए ।

विमानस्थल प्रवेश गर्ने वित्तिकै सुन व्यवस्थापन हुने सूचना पाएपछि विमानबाट नियन्त्रणमा लिएर जाँच गर्दा उनको शरीरमा सुनको ७ वटा विस्कुट फेला परेको थियो ।

त्यसक्रममा घलेले आफ्नो काम सुन लिएर आएर अध्यागमनमा रहेको ‘सीआईपी’कक्षको शौचालयमा राख्नु मात्रै भएको बताएका थिए ।

सीआईपी कक्षको अपांगमैत्री शौचालय र पाइपलाइन ।
पक्राउ परेपछि भन्सारका अधिकारीहरुसँग बयान दिँदै उनले गोरखाका मीनबहादुर घलेले आफूलाई यूएई पठाएको खुलाएका थिए ।

उनीमार्फत मीनबहादुरको डेराबारे जानकारी पाएपछि प्रहरीको सहयोग लिएर भन्सारको टोली मध्यराति नै धुम्बाराहीस्थित मिनबहादुर बसेको घरमा पुगेको थियो ।

करिब ३ बजे घरबाट उनी पक्राउ परेका थिए । त्यसक्रममा उनले भारतीय नागरिक अंकित र गुरुको संलग्नता खुलाएका थिए ।

यो मामलामा पछि विमानस्थलका सरसफाई सुपरभाइजर सुशीला पाण्डे, सरसफाइ कर्मचारी कपिल ओझा, गणेश चेपाङ, विमानस्थल नागरिक उड्डयन कार्यालयका सहयोगी लेखबहादुर तामाङ, अनिल श्रेष्ठ पक्राउ परेका थिए ।

एयर साइड अफिसमा कार्यरत रमेश देउला, प्लम्बर शेरबहादुर बस्नेत र एसी प्राविधिक राधाकृष्ण श्रेष्ठको पनि संलग्नता खुलेपछि समातिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group