ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतालाई चोख्याउने र कर्मचारी थुन्न सक्ने रहेछ अख्तियारले-राजेन्द्र लिङ्देन


एबीसी न्यूज
१५ फाल्गुन २०८०, मंगलबार   ४ : ३०   बजे

काठमाडौं १५ फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेताहरुलाई चोख्याउने र कर्मचारीलाई थुन्न सक्ने हैसियतमा देखिएको टिप्पणी गरेका छन् ।

अख्तियारले दिएको मुद्दामा हालै हालै ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले मन्त्रीहरुलाई सफाइ दिएको थियो भने कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

मंगलबार अख्तियार प्रमुख प्रेमकुमार राई उपस्थित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा अध्यक्ष लिङ्देनले अहिले कर्मचारीहरु निर्णय गर्न नै डराउन थालेको बताए ।

‘अख्तियार राजनीति क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुन्ने वा तह लगाउनसम्म सक्ने देखिएको छ । यसले के आतंक सिर्जना भएको छ भने अब काम गर्दा कर्मचारी परिन्छ, नेता उम्किने कर्मचारी थुनिने भएपछि हामीले फाइल किन बढाउने भन्ने परेर झन् ठूलो नोक्सानी भएको छ’, उनले भने ।

नेता लिङ्देनले अख्तियारले राजनीतिक दलका नेतालाई कारबाही गर्न के कठिनाइ भएको छ भन्ने प्रश्न पनि गरे । ‘के सहयोग चाहियो, के भएर अख्तियार बन्धक भएर बसेको छ रु’, लिङ्देनले सोधे ।

सामान्य आँखाले देख्दा पनि छोड्नै नमिल्ने विषयमा अख्तियारले राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिइरहेको आफूले पाएको उनले बताए ।

‘प्रधानमन्त्रीज्यूको कार्यकक्षमा पटक पटक भएको छलफल र निर्देशन अनुसार प्रक्रिया अगाडि बढाइएको छ भनेर टिप्पणी उठाइएको छ, अख्तियारले सिफारिस गर्दा प्रधानमन्त्रीलाई छोएको छैन’, लिङ्देनले कुन मुद्दा भन्ने किटान नगरी समिति बैठकमा भने ।

प्रधानमन्त्रीले सचिव र महानिर्देशकलाई बोलाएर दिएको निर्देशनलाई पनि नीतिगत निर्णय भनेर उन्मुक्ति दिएको हो भन्ने उनले प्रश्न गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu