ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीको कार्य विभाजनमा जनार्दन शर्माको असहमति


एबीसी न्यूज
१६ फाल्गुन २०८०, बुधबार   १ : ०९   बजे

काठमाडौं १६ फागुन । माओवादी उपमहासचिव जनादर्न शर्माले कार्यविभाजनमा लिखित असहमति राखेका छन् । बुधबार बसेको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको गरेको छ ।

तर, हालै सम्पन्न विधान सम्मेलनमा पदाधिकारीहरु पनि अधिवेशनबाट चुनिनुपर्ने मत राखेका नेताहरुलाई जिम्मेवारी नदिएको भन्दै शर्माले लिखित असहमति राखेका हुन् ।

जनप्रतिनिधिहरु पार्टीको इन्चार्ज नरहने नीति आफू सहितका नेताहरुमा लागू गरेपनि नारायण दाहाललाई बागमती प्रदेशको सह(इन्चार्ज बनाएको भन्दै शर्माले निर्णयको उद्धेश्य के रहेको छ भन्ने स्पस्ट भएको बताएका छन् ।

विधान सम्मेलनमा राखेको एजेण्डका कारण आफूलाई जिम्मेवारी नलिनुलाई सामान्य मानेको भन्दै उनले लेखेका छन्, ‘ ‘उपर्युक्त मतप्रति सकरात्मक रहेकाहरुलाई जिम्मेवारी विहीन बनाउनुले के मनसाय रहेको छ भने स्पस्ट हुन्छ ।’

उनले स्थायी समिति सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलका नेता र इन्चार्जबाट हटाएर अपमानित गरिएको शर्माको निष्कर्ष छ ।

भट्टलाई राजनीतिक रुपबाट विस्थापित गर्न खोजिएको भन्दै शर्माले भनेका छन्, ‘प्रदेशमा हाललाई बिना मगरलाई सह(इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कामरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैंमा गम्भीर छ ।’

साथै उनले जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था पार्टी अध्यक्ष र सम्पूर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न समेत गरेका छन् ।

माओवादीमा नयाँ कार्यविभाजन

कोशी प्रदेश इञ्चार्ज( हरिबोल गजुरेल र सह(इञ्चार्ज सावित्रीकुमार काफ्ले

मधेश( इञ्चार्ज लिलामणि पोखरेल र सह(इञ्चार्ज विश्वनाथ साह

बागमती – इञ्चार्ज अग्नि सापकोटा, सहइञ्चार्ज बाँकी

गण्डकी  इञ्चार्ज दिनानाथ शर्मा, सह(इञ्चार्ज हरिराज अधिकारी

लुम्बिनी  इञ्चार्ज चक्रपाणी खनाल र सह(इञ्चार्ज कुलप्रसाद केसी

कर्णाली  इञ्चार्ज कालीबहादुर मल्ल सह(इञ्चार्ज बाँकी

सुदूरपश्चिम  इञ्चार्ज गिरीराजमणि पोखरेल र सह(इञ्चार्ज बिना मगर

प्रवास  मध्यपूर्व इञ्चार्ज पम्फा भुसाल, भारत इञ्चार्ज लक्ष्मण पन्त, सह(इञ्चार्ज टिबी पाठक,

युरोप(अमेरिका  इञ्चार्ज राम कार्की

विशेष प्रदेश  इञ्चार्ज हितमान शाक्य, सह(इञ्चार्ज यशोदा सुवेदी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group