ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सांसदहरुले लुम्बिनी शिखर सम्मेलनबारे उठाए प्रश्न


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   १ : ३१   बजे

काठमाडौं १७ फागुन । लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा नोबेल पुरस्कार विजेताको उपस्थितिमा गर्न लागेको ‘लोरेट्स एण्ड लिडर’ शिखर सम्मेलनप्रति सत्तारुढ दल र प्रमुख विपक्षी दलका सांसदले प्रश्न उठाएका छन् ।

सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभा वैठकमा यो सम्मेलनबारे स्पष्ट जानकारी नगराई गुमराहमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धमा नै असर पर्ने गरी गतिविधि गरेको आरोप लगाए ।

संसदलाई जानकारी नै नदिई सम्मेलनका लागि दुईपटक भारत र एकपटक अमेरिका भ्रमण गर्नु, छिमेकी देश चीनले पृथकतावादी घोषणा गरेका दलाई लामाले विद्रोह गरेकै दिन मार्च १० ९फागुन २७ ० देखि २९ गतेसम्म शिखर सम्मेलन गर्ने मिति तय गरिनु र पछि यसबारे चीनले गम्भीर चासो राखेपछि एक दिन पछि मिति सार्नुले यो सम्मेलन विवादको घेरामा परेको चौधरीले बताए ।

गत कात्तिकको तेस्रो साता संघीय सरकारबाट भ्रमण स्वीकृत गराएर निजी भ्रमणका लागि भन्दै मुख्यमन्त्री एक्लै अमेरिका गएका थिए । त्यसअघि उनी दुईपटक भारत भ्रमणमा गएका थिए ।

 

‘यसअघि पनि संसदमा यो के हो भनेर उठेको थियो तर मुख्यमन्त्रीले यो धेरै ठूलो कुरा हैन, अनुभव आदानप्रदान, शान्ति प्रवर्द्धन भनेर अधुरो जवाफ दिनुभयो,’ चौधरीले भने, ‘संसद अधिवेशन बन्द भएका बेला बल्ल शिखर सम्मेलन भन्ने कुरा बाहिर आएपछि सांसदहरुले यसलाई गम्भीर रुपमा लिएका छन् ।’

प्रमुख सचेतक चौधरीले मुख्यमन्त्रीले संसदलाई जानकारी नगराएर गरेको अमेरिका र भारत भ्रमणले यो कार्यक्रम पहिल्यै डिजाइन गरिएको भन्ने पुष्टि भएको बताए ।

फागुन १८ गते बस्ने प्रदेश सभा बैठकमा शिखर सम्मेलनबारे प्रश्न उठाउन दलहरुबीच छलफल भइरहेको उनले बताए ।

उनले संघीय सरकारले गर्नुपर्ने शिखर सम्मेलन प्रदेश सरकारले गर्नु आफ्नो क्षेत्राधिकारभन्दा बाहिर हुने बताए ।

सुरुमा दलाई लामा पनि आउने तय भएपछि चीनले प्रधानमन्त्रीसँग चासो राखेको र त्यसपछि लामा आउने कार्यक्रम रद्द भएको आफूले सूचना पाएको चौधरीले बताए ।

प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले पनि यो सम्मेलनप्रति असन्तुष्टि जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले यो सम्मेलनबारे सरकारले विपक्षी दलसँग कुनै छलफल समेत नगरेको बताए ।

सम्मेलनले फाइदाभन्दा चीनसँगको सम्बन्ध बिगार्न भूमिका खेलेको चौधरीले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रदेश सचिव निराजन घिमिरेले भने यो सम्मेलनले चीनसँगको दूरीमा असर नगर्ने बताए ।

प्रदेश सचिव सुमन घिमिरेले सम्मेलनको आन्तरिक तयारी तीव्र पारिएको जानकारी दिए । सम्मेलनका लागि प्रदेश सरकारले साढे ६ करोड बजेट छुट्याएको छ ।

सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा शिखर सम्मेलन हुन लागेको हो ।

सत्यार्थीसँग प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लामो समयदेखि मित्रता भएकाले उनकै साथ लिएर शिखर सम्मेलन गर्न थालिएको हो ।

चौधरीले सत्यार्थी र आफू एउटै परिवारका सदस्य जस्तो रहेको बताउने गरेका छन् ।

बालबालिकाको विकास र शान्तिमा केन्द्रित भनिएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेता सहित उच्च पदस्थ विदेशीहरु लुम्बिनी आउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group