ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल विज्ञापनका कारण घाटा व्यहोरेको आरोपमा गुगलविरुद्ध मिडिया समूहको मुद्दा, २.१ अर्ब डलर क्षतिपूर्ति माग


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   ३ : ३०   बजे

काठमाडौं १८ फागुन । अल्फाबेटको गुगलविरुद्ध २।३ अर्ब डलरबराबरको क्षतिपूर्ती माग गर्दै मुद्दा परेको छ । एक्सेल स्प्रिन्जर र शिब्स्टेडलगायत ३२ युरोपेली मिडिया समूहहरूले कम्पनीको डिजिटल विज्ञापनको अभ्यासका कारण घाटा बेहोरेको आरोप लगाउदै गुगलविरुद्ध मुद्दा दायर गरेका हुन् ।
अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, डेनमार्क, फिनल्याण्ड, हंगेरी, लक्जमबर्ग, नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड, स्पेन र स्वीडेनका प्रकाशकहरुको समूहले गुगलको विज्ञापनले घाटा व्यहोरेको आरोप लगाएका छन् ।

‘समावेश मिडिया कम्पनीहरूले कम प्रतिस्पर्धी बजारका कारण घाटा व्यहोर्नु परेको छ, जुन गुगलको दुराचारको प्रत्यक्ष परिणाम हो’ कम्पनीहरुद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीका वकिलहरु भन्छन्,‘गुगलले आफ्नो प्रभावशाली स्थितिको दुरुपयोग नगरेको भए मिडिया कम्पनीहरूले विज्ञापनबाट उल्लेखनीय रूपमा उच्च राजस्व प्राप्त गर्ने थिए र विज्ञापन प्रविधि सेवाहरूको लागि कम शुल्क तिनु्पर्ने हुन्थ्यो । यी कोषहरू युरोपेली मिडिया परिदृश्यलाई बलियो बनाउन पुनः लगानी गर्न सकिन्थ्यो’ ।

गुगल एड टेक विजनेशविरुद्ध गत वर्ष फ्रान्सले लगाएको २२० करोड युरोबराबरको जरीवाना र युरोपेलि कमसिनले लगाएको जरीवानाले आफुहरुको दाबीलाई बल पुग्ने उनीहरुले बताएका छन् ।

गुगलले भने आपूर्ती श्रृंखलाको बिक्री पक्ष र खरिद पक्षबीच संलग्न मात्रै रहेको भन्दै युरोपेलि युनियको जरीवानाप्रति असमति जनाएको थियो ।

विश्वभरका प्रकाशकहरूले हालैका वर्षहरूमा विज्ञापनमा ठूला टेक कम्पनीहरुको बढ्दो प्रभुत्वको कारण राजस्वको घटेकोमा चिन्ता व्यक्त गरेका छन्।

विश्लेषकहरूका अनुसार गुगल विश्वको सबैभन्दा प्रभावशाली डिजिटल विज्ञापन प्लेटफर्म हो। (एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको क्षति विवरण संकलन गर्न कृषि तथा वन मन्त्रालयको र्‍यापिड एक्सन टिम परिचालन

रसुवा बाढी : उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति पौडेलको आग्रह

सम्बन्धित

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

युक्रेनमा नेटो सैनिक तैनाथ गर्नु अस्वीकार्य : क्रेमलिन

इरानमाथि अमेरिकी प्रतिबन्ध थप कडा भएपछि चीनको चेतावनी, ‘आवश्यक कदम चाल्छौँ’

बंगलादेशमा तीन पत्रकारलाई थुनामा राख्न विशेष ट्रिब्युनलको आदेश

इमरान खानलाई जेलमै बिस्तारै मार्ने प्रयास भइरहेको छ : छोरा सुलेमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu