ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना पक्राउ


एबीसी न्यूज
२० फाल्गुन २०८०, आइतबार   ४ : ००   बजे

काठमाडौं २० फागुन । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीका अनुसार, पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भइ काठमाडौंको गोल्खुपाखामा बस्दै आएका २२ वर्षीय सुमन खत्री छन् ।

उनका अनुसार, खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिगले पोष्ट गरेको फोटोहरु डाउनलोड गरेर नक्कली आईडी बनाएका थिए । त्यसपछि उनले पीडितको फोटो प्रयोग गरेर अश्लील क्याम्सन लेखेको पाइएको उनले बताए ।

‘नाबालिगकी दिदी र साथीहरुलाई समेत अश्लिल तस्वीर, भिडियो, फेसबुक म्यासेन्जरमा पठाएर चरित्र हत्या गरेको भन्दै पीडितका काकाले ब्यूरोमा निवेदन समेत दिनुभएको थियो’, एसपी अवस्थीले भने, ‘त्यसपछि अनुसन्धान गर्दै जाने क्रममा उनले भीपीएन प्रयोग गरेर सामाजिक सञ्जाल चलाएर पीडितलाई हैरानी दिने गरेको खुल्यो ।’

अनुसन्धानका क्रममा ब्यूरोबाट खटिएको टोलीले उनलाई गोल्खुपाखा, ठमेलबाट पक्राउ गरेको उनले बताए । विद्युतीय अपराध ऐनविरुद्धको कसूरमा अनुसन्धानका लागि उनलाई ५ दिन हिरासतमा राख्न अदालतले समेत अनुमति दिइसकेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group