ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी एकतागर्नुस्- ओली प्रचण्डलाई वामदेवको शुभकामना


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   ३ : ३५   बजे

काठमाडौं २१ फागुन । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वामपन्थीहरूको नेतृत्वमा सत्ता समीकरण निर्माण हुनु सकारात्मक भएको बताएका छन् ।

सोमबार कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि नेता गौतमले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । साथै उनले तत्काल कार्यगत एकता गरे पनि आगामी दिनमा वामपन्थी एकता गर्ने गरी अघि बढ्नुपर्ने गौतमको भनाइ छ ।

‘नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्र नेकपा एमालेसँगको गठबन्धनमा आउनु र वामपन्थीहरूको कार्यगत एकता हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य छ’, गौतमले भने,‘कांग्रेससँगको गठबन्धन राम्रा होला भनेर सोचिए पनि त्यसमा तुसारापात भएको बताए । उनले अव पछिल्लो समीकरणले वामपन्थी एकताको ढोका खुलेको बताए ।

उनले कार्यगत एकता गर्दै पार्टी एकता अनिवार्य भएको भन्दै त्यस दिशामा अघि बढ्न नेताहरूलाई सुझाव दिए । ‘म अहिले केपी र प्रचण्डबाट धेरै टाढा छु । तर म बाम एकता गर्नै पर्छ । यो कार्यगत एकता कुनै पनि हालतमा नटुटाउने र पछि पार्टी नै एकता गर्ने गरी जानुपर्छ त्यसमा मेरो ओली प्रचण्डलाई शुभकामना छ’, गौतमको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu