ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमा रविकै अडान, विष्णु पौडेल सरकारमा नजाने


एबीसी न्यूज
२२ फाल्गुन २०८०, मंगलबार   १ : ३५   बजे

काठमाडौं २२ फागुन । एमालेले अर्थमन्त्री नपाउने भएपछि उपाध्यक्ष विष्णु पौडेल सरकारमा नजाने भएका छन्। एमाले, माओवादीसहितको नयाँ गठबन्धन निर्माणमा भूमिका खेल्दै आएका भए पनि पौडेलले अर्थमन्त्री पाउने सम्भावना नरहेको स्रोतले जनाएको छ।

अर्थमन्त्री एमालेले नपाउने भएपछि पौडेलले अरु मन्त्रालय लिएर सरकारमा जान चाहेका छैनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय आफूसँगै राख्न चाहेपछि विष्णु पौडेल सरकारमा नजाने भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री आफ्नै पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई बनाउन खोजेका छन्। अर्थमन्त्री पुन नै बन्ने सम्भावना बलियो छ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गरिरहेका छन्। शीर्ष नेतासँगको छलफलमा उनले गृह आफ्नो ‘बटमलाइन’ भएको बताउँदै आएका छन्।

‘गृह रविले नै पाउने सम्भावना छ,’ स्रोतले भन्यो, ‘एमाले अध्यक्ष केपी शर्मा ओली पनि प्रधानमन्त्रीलाई अनुकूल हुनेगरी मन्त्रालय टुंगो लगाउन दिने पक्षमा छन्। गृह हामीले पाउनु पर्छ भनेर रस्साकस्सी गर्ने पक्षमा ओली छैनन्।’

यसले अर्थ र गृह दुबै मन्त्रालय एमालेको भागमा नपर्ने सम्भावना छ।

‘अर्थबाहेक यसअघि कांग्रेसले लिएका मन्त्रालय एमालेले लिनेछ। यसअघि माओवादीले लिएका मन्त्रालय माओवादीले नै लिने गरी नेताहरुबीच सहमति भएको छ। भोलिसम्म यसको फाइनल होला,’ स्रोतले भन्यो।

एमालेबाट पदम गिरीले सोमबारै मन्त्रीको सपथ लिएका छन्। अब एमालेबाट राजेन्द्र राई, भगवती चौधरी, दामोदर भण्डारी, हरि उप्रेती, ज्वाला कुमारी साह लगायतका नेता मन्त्री हुने सम्भावना छ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि ल्याउन नेताहरुले गृहकार्य गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu