ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन फेरिएको २४ घण्टापछि कांग्रेसको समर्थन फिर्ता


एबीसी न्यूज
२२ फाल्गुन २०८०, मंगलबार   ६ : १८   बजे

 

काठमाडौं २२ फागुन । सोमबारदेखि सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसेको बैठक समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए।

कांग्रेसले सोमबारसम्मको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले एमालेसँग थालेको सहकार्यपछिको विकसित परिस्थितिबारे निर्णय लिने छ।

 

यसअघि नै कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बूढानीलकण्ठमै बसेको बैठकले प्रतिपक्षमा बसेर संगठन विस्तारमा होमिने निर्णय लिएको थियो।

‘समयको माग थियो। समयको माग बमोजिम हामीले काँध थाप्यौँ। अहिले उहाँले आफैँ झार्नुभयो। हामीले गल्ती गर्यौँ जस्तो भएको लाग्दैन। सधैँ अरुलाई कसरी काँध थाप्नेरु हामीलाई पनि चढ्न मन लाग्छ होला नि त’, उनले भने, ‘प्रतिपक्षीमा बसेर पनि संविधानको रक्षार्थ लागिरहेनेछौँ। हामीले अब उतापटि गएपछि संविधान जोगिन्छ त भनेर सोध्नुपर्ने भयो।’

उनले कारणहरू धेरै रहेका बताउँदै अहिलेलाई सरकारको समर्थन फिर्ता लिएको बताए। ‘धेरै कारण छन्, त्यतातिर नजाऔँ, अहिलेलाई हामीले दिएको समर्थन फिर्ता लियौँ,’ उनले भने।उनले प्रचण्ड आफूहरूको काँधबाट एमालेको काँधमा चढेको पनि बताए।

‘भर्खरै प्रचण्डजी हाम्रो काँधबाट एमालेकोमा चढ्नुभएको छ। अहिले नै हामी काँधबाट झारेर हामी दुई मिलौँ भन्न मिल्दैन’, उनले भने, त्यो नैतिकताले दिँदैन। हामी त्यस्तो अनैतिक काम गर्दैनौँ। सत्ताको चलखेललाई केन्द्रमा नराखौँ भन्ने हाम्रो कुरा हो।’

कांग्रेसको यो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group