ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबी राई कहाँ छन् ?


एबीसी न्यूज
२४ फाल्गुन २०८०, बिहिबार   ३ : ०२   बजे

काठमाडौं २४ फागुन । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु जीबी राईलाई प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल० को सहयोगमा खोजी जारी राखेको छ ।

उनी भागेर नेपालबाहिर पुगेको आधारहरु फेला परेपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय, कास्कीको सिफारिसमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो एनसीबी० काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको थियो ।

त्यसआधारमा राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भिमप्रसाद ढकाल बताउँछन् ।

राईविरुद्ध सहकारीमा बचतकर्ताले राखेको करिब सवा अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै जाहेरी परेको थियो । इन्टरपोलमा जीबीसहित पूर्वअध्यक्ष भुपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध समेत डिफ्यूजन नोटिस जारी भएको छ ।

डिफ्यूजन नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भएरनभएको सूचना प्रदान गर्छ ।

हालै राईको कसूरका विवरणसहितको पत्र समेत प्रहरीले मलेसिया पठाइसकेको छ । यद्यपि, हालसम्म राई पक्राउ परिनसकेको प्रहरी स्रोत बताउँछ ।

राईविरुद्ध सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान सकेर कास्की प्रहरीले १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै रायसहितको प्रतिवेदन बुझाएको थियो ।

अदालतमा मुद्दा दर्ता भएपछि राईले नक्कली शेयर सदस्य खडा र कम्पनी खडा गरेर अनाधिकृत रुपमा ऋण प्रवाह गरेको भन्दै पुरक जाहेरी परेको थियो । जसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम समेत मुछिएको थियो ।

पीडितहरुले सवा अर्ब रुपैयाँ हिनामिना हुँदा व्यक्ति र कम्पनी गरेर ३ सय जना बढीले पैसा लगेको देखिएको भन्दै उनीहरु सबै छानबिनको दायरामा आउनुपर्ने माग गरेका थिए ।

पुरक जाहेरी परेपछि कास्की प्रहरीले काठमाडौंमा पूर्वडीआईजी छविलाल जोशीको घरमा छापा मारेर सहकारीको सर्भर बरामद गरेको थियो । त्यसबाट प्राप्त सूचनाका आधारमा प्रहरीले पुरक अनुसन्धान अघि बढाइरहेको थियो ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको प्रहरीले यसअघि गरेको अनुसन्धानबाट देखिएको थियो ।

हाल सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहितका व्यक्तिहरु पुर्पक्षका लागि थुनामा छन् । राईले सहकारीबाट ठगी गरेको रकम ग्यालेक्सी टिभीसहित अन्य विभिन्न कम्पनीमा लगानी गरेका थिए ।

राईले काठमाडौंमा स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, वीरगञ्जमा सानो पाइला बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्थामा बचत गरेको रकम पनि हिनामिना गरेको आरोप छ ।

यो मामलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी० ले पनि अनुसन्धान गरिरहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चितवनमा हालसम्म १३५ शव फेला, पहिचानका लागि अस्थायी कक्ष स्थापना

रसुवा बाढी : आफ्ना १८ नागरिक खोज्न तस्बिरसहित घटनास्थल पुगे थाहा नगरप्रमुख

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu